काठमाडौं, फागुन ९ । अमेरिकाको मिशिगन प्रान्तमा गोली हानाहान हुँदा ६ जना मारिएका छन् ।
एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जना मारिएका हुन् । मिशिगन प्रान्तको कालामाजुस्थित रेष्टुराँमा चार तथा अर्को स्थानमा दुई जनाको गोली हानी हत्या गरिएको हो ।
घटनामा अरु तीन जना घाइते भएकाछन् । कारमा आएको उक्त व्यक्तिले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । हत्याराको खोजी भैरहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
प्रकाशित मिति : २०७२ फागुन ९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्