बाल शिक्षा पढाउने महिला आन्दोलनमा



बर्दिया, फागुन ९ । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको मापदण्ड विपरित बाल विकास तथा सहयोगी महिला कर्मचारीको श्रमशोषण भएको भन्दै बर्दियाका बाल शिक्षा पढाउने महिला कर्मचारी आन्दोलनमा उत्रिएका छन ।

घरको चुलोचौकोबाट समय जोगाएर बाल शिक्षा पढाउने कर्मचारीलाई सरकारले न्यूनतम मापदण्ड भन्दा पनि कम पारिश्रमिक दिएको भन्दै महिलाहरुआन्दोनमा उत्रिएका हुन ।

गत वैशाखदेखि पारिश्रमिक बृद्धि भएको भनिए पनि सरकारले विना सूचना भूकम्पपीडितको राहतमा कटौती गरेको भन्दै महिलाहरु आक्रोसित बनेका छन् ।

पारिश्रमिक बृद्धिलगायत भवन उपलब्ध गराउन पटक–पटक मन्त्रालयमा माग गरे पनि कुनै सुनुवाई नभएपछि महिलाहरु कडा आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले वालशिक्षा कार्यक्रमलाई शिक्षा नीतिमा समावेश नगरेपछि समस्या परेको बाल अधिकार तथा सहयोगी कार्यकर्ता अधिकार संरक्षण मञ्चले जनाएको छ । बर्दियामा ६ सय ३८ स्थानमा बाल विकास कक्षा सञ्चालनमा छन् । जसमा करिव १४ सय बालबालिका अध्ययन गर्दछन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ९ गते आइतबार