6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

भोली देखि कोहलपुर पर्यटन महोत्सव २०७२ सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ५, २०७२  

कोहलपुर, फागुन ५
कोहलपुरमा भोलीदेखि बाँके औद्योगिक ब्यापार मेला तथा कोहलपुर पर्यटन महोत्सव–२०७२ शुरु हुने भएको छ । आज महोत्सवस्थलमा गरिएको पत्रकार सम्मेलनमा महोत्सवको तयारी पूरा भएको जानकारी गराइएको छ । पश्चिम नेपालको शान, हरित कोहलपुर हाम्रो पहिचान भन्ने मुल नाराका साथ हुन थालेको महोत्सवको उद्योगमन्त्री सोम प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा करिब ४ लाख दर्शककले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको मुख्य आयोजक कोहलपुर उद्योग व्यापार संघले जनाएको छ । मेलामा शैक्षिक प्रदर्शनी तथा जंगल क्याम्प, कृषी, जडिबुटी, हस्तकला, पर्यटन, बाल उद्यान, महिला उद्यम, थारु होम स्टे लगायतको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा ३२० वटा स्टल रहने संघले जनाएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुने मुल आयोजक समिति संयोजक नरेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ५, २०७२     6:14:06 PM  |