20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

उपचारमा बरदान बन्दैछन् यी पशुपंक्षी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ५, २०७२  

  फागुन ५

rattus_losea_referenceएजेन्सी –बिरामीका लागि मुसा, कुकुर, गाई बरदान सावित भएका छन् । यी जनावर तथा पंक्षीमा सर्वोच्च गुणहरु हुन्छन् जसले रोग पहिचान र उपचारमा ठुलो सहयोग पु¥याउदै आएको छ  । यी हुन् औषधि तथा उपचार विज्ञानमा महत्वपूर्ण भुमिका खेलेका केही प्राणीहरु :

मुसा

प्राविधिक भन्दा ल्यवका मुसा सयौ गुणा चलाख देखिएका छन् । तर यही मुसालाई मानिसले भने रोगको स्रोत भन्दै शत्रु ठान्छन् । मुसाको नाकमा करिब एक हजार गन्ध थाहापाउने क्षमता हुन्छ । तर, मानिसको नाकले दुईसम्म मात्र गन्ध पहिचान गर्न सक्छ । अफ्रिकामा मुसालाई हैजाको किटाणु पहिचान गर्न प्रयोग गरिन्छ । अफ्रिकामा मुसा त क्षयरोग पहिचान गर्न विश्वप्रख्यात मानिन्छन् । मुसाको क्षमतालाई  इडुवार्डो मोन्डालेन युनिर्भसिटीमा अध्ययन गरिदैछ । जहाँ तालिमप्राप्त मुसाले टिबी व्याक्टेरियाले निकाल्ने एक विशेष गन्धको पहिचान गर्न सक्छन् । त्यहाँ मुसाले क्षयरोग पहिचान गर्ने क्रममा व्याक्टेरियाको गन्ध थाहापाउँछन् र रोकिएर खुट्टालाई रगट्न थाल्छन् । ल्यावका प्राविधिकलाई क्षयरोगका एकसय नमुना पहिचान गर्न दुई दिन भन्दा बढी लाग्छ भने मुसाले २० मिनेटमै पहिचान गर्नसक्छन् । अफ्रकी मुलुकमा क्षयरोग पहिचान गर्न मुसा नै बढी प्रयोग गर्ने गरिन्छ ।

कुकुर

कुकुर मानिसको असल साथी मानिन्छ । तर कुकुर मानिसको असल साथी मात्र नभएर डाक्टरको पर्यायवाची पनि साबित भएको छ । छारे रोग लागेका मानिसका लागि कुकुर डाक्टर मानिएको छ । साली वर्टन बाल्यकालमै छारे रोगबाट पिडित थिइन् । छारे रोगका कारण उनलाई एक्लै छोडिदैनथ्यो । पढ्ने व्यवस्था पनि घरमै गरिएको थियो । उनलाई छारे रोगले कति बेला बेहोस (सिजर) हुन्छ डाक्टर पनि भन्न सक्दैनन् । तर उनको स्टार नाम गरेको कुकुरले सिजर हुने समयमा अलर्ट गथ्र्यो ।
‘मलाई कहिल्यै पनि एक्लै छोडिदैनथयो,’ उनी भन्छिन,‘घरमै पढाइन्थ्यो । साथी बनाउन वा भेट्न त परको कुरा थियो । म जहिले पनि एक्लो महशुस गर्थे ।’ ‘सिजर अलर्टपछि कुकुरले मलाई बाच्न सजिलो बनायो ।’ उनी भन्छिन् । उनलाई सिजर हुनुभन्दा केही मिनेटअगाडि कुकुरले बारम्बार चेतावनी दिन्थ्यो । ‘स्टारले मलाई दिमाग बल्झिने समस्याको  चेतावनी दिन थालेपछि पहिलो पटक चिया बनाए, जुन काम मैले ३० वर्ष अगाडिदेखि गर्न सकेकी थिइन । त्यसपछि म एक्लै सहर पनि जान थालें ।’
कुकुरले सिजरलाई कसरी पहिचान गर्न सक्छ विषयमा अझै पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरु सिजरको समयमा आउने गन्ध वा संकेत ककुरले पहिचान गर्नसक्ने भएकाले उसले अलर्ट गर्न सहयोग पु¥याएको विश्वास गर्छन् । स्टार नामको कुकुरको मृत्युपछि सालीलाई  रोबी नाम गरेको अर्को कुकुरले सिजर अलर्ट गर्न मद्धत ग¥यो । स्टारलाई जस्तै राबीलाई पनि ‘सर्पोट डग’ भन्ने संस्थाले तालिम दिएको थियो । ति कुकुरले १५ देखि ४५ मिनेट अगाडि सिजरको संकेत दिन्थे ।

गाई

नेपालीका लागि भगवान हो । यसको गहत (पिसाब) औषधि मानिन्छ । यसबाहेक गाईको मुखमा आउने फिज  (जुन खाना चपाउँदा निस्कन्छ) संक्रमणको औषधि साबित भएको छ । त्यसैले होला गाईलगायतका जनावरले आफ्नो शरिरमा घाउ भयोभने चाट्ने गर्छन् । घरेलु गाईको मुखबाट निस्कने यस्तो फिज संक्रमणका औषधि बनाउन प्रयोग हुन्छ । यसैगरी परिवार पनि रोग पहचान गर्ने पंक्षीमा पर्छ । परेवामा प्रभावशाली स्मरणक्ति हुन्छ जसले क्यान्सरका चित्र पहचान गर्न सक्छ ।
(बीबीसीको सहयोगमा)

प्रकाशित मितिः बुधबार, फाल्गुन ५, २०७२     12:32:10 PM  |