कोहलपुर ।
बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।
सोमबार राप्तीसोनारी गाउँपालिका-८ गल्ली कटानमा भे १० प २७८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र २५ वर्षीय किशोर बसौली छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्