ग्यान्सको दोस्रो साधारण सभा सम्पन्न (फोटो सहित)



के सी शेर
अष्टिन टेक्सास /
टेक्सासको अष्टिन स्थित ग्रेटर अष्टिन नेपाली सोसाईटी (ग्यान्स) को दोस्रो साधारण सभा सम्पन्न भएको छ । आइतवार सम्पन्न दोस्रो साधारण सभाले सोसाइटीका अध्यक्ष गेहेन्द्र के सीले प्रस्तुत गरेको वर्षभरीका कामहरुको समिक्षा तथा भावी कार्ययोजना र सांगठनीक प्रतिबेदन तथा सोसाइटीका कोषाध्यक्ष ले आर्थिक प्रतिबेदन परिमार्जन सहित पारित गरेको हो ।

सो अवसरमा अष्टिनमा निर्माण गरिने नेपाली सामुदायीक घरका लागी सम्भाव्यता अध्ययनका लागि गठित समितीको तर्फबाट उज्वल राजभण्डारीले समितीको प्रतिबेदन छलफलका लागि प्रस्तुत गरेका थिए । सरस्वती माताको बिधिवत पुजा आजा तथा प्रसाद ग्रहन गर्दै शुरु भएको साधारण सभाले नेपाली कांग्रेसका दिवंगत सभापती तथा पुर्व प्रधानमन्त्री शुशिल कोइराला, ग्यान्सका अध्यक्ष के सी का सहोदर दाई, उपाध्यक्ष प्रद्युम्न श्रेष्ठका पिता तथा सासुआमा लगायत दिवंगत आत्माप्रती शोक प्रकट गरिएको थियो ।11

कार्यक्रममा अव आउने नेपाली नयां वर्षको अवसरमा यस वर्ष पनि गर्ने वनभोज तथा खेलकुद प्रतियोगिता वारे पनि छलफल भएको थियो । सोसाइटीका अध्यक्ष गेहेन्द्र के सी को सभापतित्व तथा सदस्य कृष्ण जि सी ले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन महासचिव प्रभु पौडेलले गरेका थिए । कार्यक्रममा डा. कमल अधिकारी, मोहन सिटौला, सुरेन्द्र भट्टराई, राज न्यौपाने, सौरभ श्रेष्ठ, देवराज न्यौपाने, बोधराज घिमिरे लगायतले आफ्ना स ुझाव तथा मन्तव्य राखेका थिए ।1

गत वर्ष बिधिवत रुपमा स्थापना भएको ग्यान्सले एक वर्षमा बिभिन्न सामाजिककार्य गरिसकेको छ । स्थापना लगत्तै नेपाली नया वर्षको अवसरमा बृहत बनभोज तथा खेलकुद कार्यक्रम गरेको सोसाइटीले परोपकारी कोष स्थापना, नेपाली पाठशालाको शुरुवात, रत्तदान, निशुल्क स्वास्थ्य शिविर तिज तथा दशै धमाका लगायतका कार्यक्रम गरिसकेको छ । अष्टिनमा बसोवास गर्ने नेपालीको संख्या गणनाको कार्य थालेको सोसाइटीले यस वर्ष पनि नेपालीकोहरुका लागी बिभिन्न सामाजिक तथा सेवामुलक कार्यलाई जारी राखिने अध्यक्ष गेहेन्द्र के सीको जोड रहेको छ ।

2 3 5 6 7 8 9 10

 

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन ४ गते मंगलबार