यस्तो छ नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा स्वास्थ्य सम्बन्धी नीति



माघ २५ गते

Nepali-Congressकाठमाडौं– नेपाली कांग्रेसले आफ्नो १३ औँ महाधिवेशनमा स्वास्थ्य सेवालाई आफ्नो मुल नीतिमा राखेको छ । आगामी फागुनमा हुन लागेको महाधिवेशनका लागि कांग्रेसले तयारर पारेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र खानेपानीलाई मुल नीतिमा राखेको हो । तल्लो तहको अधिवेशन सकिन लाग्दा तयार पारेको कांग्रेसको नीति तथा कार्यक्रमको मस्यौदामा स्वास्थ्यलाई आधारभुत आवश्यकता भनेर उल्लेख गरिएको छ । मस्यौदामा सबैलाई भरपर्दो स्वास्थ्य सेवाका रुपमा उल्लेख गर्दै कांग्रेसले रूग्ण शरिर लिएर गरीबले बाच्नु पर्ने र अकालमै मर्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने कुरा समेत समावेश गरेको छ ।
यस्तो छ कांग्रेसको नीति तथा कार्यक्रममा स्वास्थ्यको व्यवस्था :
स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्छौं।

सबैलाई भरपर्दो स्वास्थ्य सेवा :  

हामीले ०४८ साल पछि देशका चार हजारै गाउमा स्थापना गरेका उपस्वास्थ्य चौकी र देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरूको आम स्त्तरोन्नति गर्नेवेला आयो। आम स्वास्थ्य सेवालाई हामी प्रभावकारी बनाउने छौं। स्वास्थ्य विमाको व्यवस्था गरिने छ। रूग्ण शरिर लिएर गरीबले बाच्नु पर्ने र अकालमै मर्नु पर्ने अवस्थाको अब हामी अन्त गर्ने छौं।

प्रसुती सेवा, प्राथमिक उपचार सेवा, झाडावान्ता रोकथाम, बाल रोग रोकथाम सेवा गाउँगाउँमा उपलब्ध गराउने। देशभरका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र सरकारी अस्पतालको आमूल सुुधार र स्त्तरोन्नति गर्ने र हिमाल, पहाड, तराईका जनतालाई पायक पर्ने ठाउँठाउँमा अस्पताल निर्माण गरी विपन्न जनतालाई स्वास्थ्य सेवा सहज र सुलभ गराउने। ठूला रोगको लागि राज्यले स्वास्थ्य विमा सञ्चालन गर्ने। गरिबीको रेखामुनीका जनतालाई विमामा सुविधा र सहुलियत दिने।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २५ गते सोमबार