25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

चामलको पानीले अनुहार धुँदा फाइदैफाइदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २४, २०७२  

Rice-Water

छालाको लागि उमालिएको चामलको पानी अर्थात् माड गुणकारी हुन्छ । उमालिएको चामलको पानी वा माड कुनै अनौठो कुरा होइन । हामी दिनमा दुईपटकसम्म खाना खान्छौं, त्यही खाना बनाउनेक्रममा उम्लिएको चामलको पानी अथवा माडको प्रयोग छालाको लागि कति फाइदाकर हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ ।

माड प्रोटिन, भिटामिन र एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको प्रयोगले छालामा सुन्दरता थप्दछ । माडमा पाइने एक तत्वले छाला कसिलो बनाउँछ । यसले छालाको सुरक्षा पनि गर्दछ । हप्तामा एकपटक यस्तो घरेलु उपाय अपनाउँदा सुन्दरतासँग जोडिएका कयौं समस्याहरु सजिलै समाधान गर्न सकिन्छ । माडको प्रयोगले अनुहारको दागसमेत हट्छ ।
कसरी प्रयोग गर्ने माडलाई ?
एक कप चामललाई राम्रोसँग पखाल्नुहोस् र पानीमा भिजाउनुहोस् । आधा घन्टापछि जब चामलमा भएको पोषक तत्व पानीमा घुल्दछ, तब त्यसलाई भाडोमा राखेर आगोमा पकाउनुहोस् ।

चामल पाकेपछि त्यसको माड निकाल्नुहोस् र केही समय यसलाई चिसो हुन दिनुहोस् । सेलाएपछि माडलगाएर अनुहारमा हल्का हातले मसाज गर्नुहोस् । मसाज गरेको १० मिनेटपछि माडले अनुहार धुनुहोस् र सुख्खा कपडाले पुछ्नुहोस् । तपाईले तत्काल तपाईंका छालामा परिवर्तन महसुस गर्नुहुनेछ ।

कपालको लागि पनि फाइदाजनक हुन्छ माड
छालाको सँगसँगै कपालको लागि पनि माडको प्रयोग फाइदाजनक हुन्छ । कपाल झर्नेजस्ता समस्यामा हुनुहुन्छ भने माडले कपाल धुनुहोस् । यसले कपाल बाक्लो हुन्छ र यसमा चमक पनि आउँछ । यसको लागि माडलाई कपालमा लगाएर २० मिनेटजति कुर्नुपर्दछ । त्यसपछि स्याम्पू वा कण्डिसनरले धुँदा कपालमा असाधारण चमक आउँछ । तर यी उपायहरु अपनाउनुभन्दा अगाडि चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ ।

प्रकाशित मितिः आइतवार, माघ २४, २०७२     2:37:46 PM  |