28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

दश वर्षपछि चिकित्सक पाए पनि सामग्री नहुँदा समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

  २०७२ माघ २१

जाजरकोट, २१ माघ । यहाँको एक अति दुर्गम स्थानमा १० वर्षपछि चिकित्सक पाए पनि आवश्यक सामग्री नहुँदा समस्या भएको छ ।

जिल्लाको सबैभन्दा दूरदराजमा रहेको बारेकोट क्षेत्रका चार गाविसका लागि भन्दै चिकित्सक गए पनि आवश्यक उपकरण नहुँदा उपचार कार्य प्रभावित भएको छ ।

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट क्षेत्रका २०६३ सालदेखि चिकित्सकको दरबन्दी भए पनि कोही गएका थिएनन् ।

दश वर्षपछि यो स्थानमा माघ १० गते चिकित्सक विमलकुमार यादव नेतृत्वको टोली खटिएको छ । उनको साथमा अहेब दुई, नर्स एक र कार्यालय सहयोगी एक जना रहेका छन् ।

स्वास्थ्य केन्द्रमा वरिष्ठ अहेब एक, नर्स दुई, अनमी दुई, अहेब एक, ल्याब सहायक एक र कार्यालय सहयोगी एक गरी जम्मा सातजनाको दरबन्दी अझै खाली रहेको छ ।

चिकित्सकसहितको टोली पुगे पनि ल्याब, एक्स–रे मेसिन, आकस्मिक सेवा दिने सामग्री नहुँदा समस्या भएको गुनासो चिकित्सक यादवले गरे ।

खाली भएका दरबन्दीमा छिट्टै पदपूर्ति र आवश्यक सामग्री सरकारले व्यवस्था गरेमा यहाँको स्वास्थ्य सेवा प्रभावकारी हुने आशा स्थानीयवासीले गरेका छन् । रासस

प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     3:13:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *