1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

पुरुषलाई मन पर्दैन महिलाका यी बानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १९, २०७२  

 

Conflict and quarrelजसरी महिलालाई बुझ्नु पुरुषका लागि एक जटिल कार्य हो । त्यसरी नै पुरुषलाई बुझ्नु पनि महिलाका लागि सजिलो विषय होइन । कतिबेला कुन कुरालाई लिएर उनीहरुको मनस्थिती बिग्रन्छ भन्ने अन्दाज लगाउन मुस्किल छ । यस्ता केही कुराहरु छन् । जुन पुरुषहरुलाई फिटिक्कै मन पर्दैन ः
अर्को पुरुषसँग कुरा गरेको
पुरुषहरुलाई उसको अति मिल्ने साथी अरु पुरुषसँग घुलमिल भएको मनपर्दैन । प्रोएक्टिव हुनका साथै उनीहरु यस कुरालाई लिएर इष्र्या समेत गर्छन् ।
परिवारका विषयमा टिप्पणी
पुरुषको आफ्नी आमासँग बिलकूल फरक सम्बन्ध हुन्छ । यस सम्बन्धमा कसैले हस्तक्षेप गरेको उनीहरुलाई मन पर्दैन । यतिमात्रै होइन, उनीहरु परिवारप्रति कसैले कुनै पनि ढंगबाट गरेको टिप्पणी मन पराउँदैनन् । महिलाहरुले यस विषयमा बोल्नु अघि राम्ररी बुझ्न जरुरी हुन्छ ।
महिलाका कुरा
पुरुषहरुलाई महिलाको नानाथरी कुरा मन पर्दैन । उनीहरुको कुराकानीले नै सम्बन्धमा समस्या सिर्जना गर्छ । महिलाको धेरै कुरा गर्ने बानीले उनीहरुलाई थुपै्र पटक समस्यामा पार्छ । त्यसैले धेरै बोल्ने महिलाभन्दा उनीहरु शान्त महिला मन पराउँछन् ।
इगो प्रब्लम
धेरै पुरुषसँग इगो प्रब्लम हुन्छ । उनीहरु कुन काम पुरुष को र कुन काम महिलाको भन्ने ध्यान राख्छन् । उनीहरु महिलालाई कुनै पनि जिम्मेवारी दिन चाहन्ने । महिलालाई जिम्मेवारी दिनु भनेको आफ्नो दायराबाट बाहिर राख्नु हो भन्ने सोच पुरुषमा हुन्छ ।
केयरिंग नेचर
पुरुषलाई महिलाले सानो बच्चाजस्तो व्यवहार गरेको मन पर्दैन । उनीहरुको सानो–सानो रोजाई, सानो रहर पुरा गर्ने महिलाको चाहना हुन्छ । तर यस्तो व्यवहार पुरुषलाई सधैँ मन पर्दैन ।
भावना बुझ्नुहोस्
पुरुषहरुलाई निर्देशन दिएको मन पर्दैन । त्यसैले उनीहरुलाई मनस्थिती हेरेर सम्झाई–बुझाई फकाएर काम गर्नुपर्ने हुन्छ ।

– See more at: http://www.ratopati.com/news/27797/#sthash.D5QgjaTV.dpuf – See more at: http://www.ratopati.com/news/27797/#sthash.D5QgjaTV.dpuf

प्रकाशित मितिः मङ्लबार, माघ १९, २०७२     1:33:04 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *