सामान्यतः हामी दाह्री बढेको राम्रो मानिँदैन यसकारण हामी दाह्री काटेर सफाचट हुन चाहन्छौं । तर तपाईंलाई यो तथ्य जान्दा अचम्म लाग्न सक्छ कि जसले आफ्नो अनुहारमा लामो दाह्री राख्छ ऊ कयौं रोगहरुलाई टाढै राख्न सक्छ । अमेरिकाको एक अस्पतालमा गरिएको एक लामो अध्ययनले यस्तो निष्कर्ष निकालेको छ ।
दाह्रीको बारेमा यसअघिको बुझाई नकरात्मक थियो भन्दा हुन्छ । जस्तो कि दाह्री अनुहारमा पलाउँछ र यो कपालभन्दा फरक बनावटको हुन्छ । दाह्री बढ्न थालेपछि घुम्रन थाल्छ । यसले अनावश्यक तनाव दिन्छ । अनावश्यक ठाउँमा आउँछ । सुन्दरता बिगार्छ आदि आदि ।
यसरी दाह्रीको बारेमा गलत मान्यता लिएर बस्नेहरुको डरलाई न्यूयोर्कमा केही समय अगाडि गरिएको एक अध्ययनले अझै बल दिएको थियो । जसमा भनिएको थियो बढी दाह्रीमा ब्याक्टेरियाको लागि फोहोरकुरा उपलब्ध हुन्छ । अझ यस्तो भनिन्थ्यो कि दाह्रीमा शौचालयमा भन्दा बढी ब्याक्टेरिया हुन्छ ।
तर त्यहीँ अमेरिकाको एउटा अस्पतालमा गरिउको नयाँ अध्ययनले यसको ठीक उल्टो नतिजालाई उद्घाटित गरेको छ । जर्नल्स अफ हस्पिट इन्फेक्सनमा छापिएको रिपोर्टअनुसार अस्पतालका करिब ४०८ स्टाफहरुको अनुहारलाई क्लिन शेभ गराइएको थियो । यस्तो गर्नुको अनौठो कारण थियो । हामी सबैलाई थाहा छ अस्पताल यस्तो ठाउँ हो जहाँ सबैभन्दा बढी इन्फेक्सन हुन्छ । अस्पतालमा सामान्य सम्पर्कबाट पनि ब्याक्टेरियाको सजिलै आवातजावत हुनसक्छ । हात, सेतो कोट, टाई र उपकरणहरु सबैलाई ब्याक्टेरिया संक्रमणको लागि जिम्मेवार ठहर्याइन्छ । तर दाह्रीको बारेमा मानिसहरु कम मात्रै बोल्छन् ।
शोधकर्ताहरु यो तथ्य जानेर हैरान भए कि दाह्री काटिएको मानिसलाई दाह्री पाल्ने मानिसको तुलनामा अनुहारमा केही अनौठा अनावश्यक समस्या महसुस भयो । जसले दाह्री पालेनन् उनीहरुको अनुसहारमा मिथाइसिलिन रेसिसटेन्स स्टोफ एनारस हुने सम्भावना तीन गुना बढी पाइयो ।
शोधकर्ताहरुले दाह्री काटिएको अनुहारमा यस्तो सुक्ष्म दागहरु हुन्छन् जहाँ ब्याक्टिरा लुक्ने पर्याप्त स्थान हुन्छन् भन्ने निष्कर्ष निकालेका छन् । तर दाह्री छ भने यसरी ब्याक्टेरिया लुक्ने ठाउँ पाउँदैनन् अथवा दाह्री ब्याक्टेरियाहरु लुक्ने उपयुक्त ठाउँ होइन ।
प्रतिक्रिया दिनुहोस्