21 June 2021  |   सोमवार, असार ७, २०७८

शहिद दिवसमा स्वास्थ्य शिविर हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

कोहलपुर, माघ १२
बाँकेको कोहलपुरमा शहिद दिवसको अवसर पारी योग, आयूर्वेद एवं प्राकृतिक चिकित्सालयले एक दिने निःशूल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको
छ । पत्रकार सम्मेलन गरी शहिद दिवस (माघ १६ गते) को अवसर पारी स्वास्थ्य परिक्षण शिविर आयोजना गर्न लागेको योग आयूर्वेद एवं प्राकृतिक चिकित्सालयका कार्यकारी निर्देशक डा. वि.पि. रेग्मीले बताएका छन् । स्वास्थ्य परिक्षणका लागि अग्रीम नाम दर्ता गर्नु पर्ने छ भने शिविर सञ्चालन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म रहने जनाइएको छ । उक्त शिविरमा कम्मर दुख्ने, माइग्रेन, पिनास, मोटोपन, हड्डी खिईएको, प्यारालाईसिस, शरीर झम्झमाउने, मृगौलाको पत्थरी, बाथ, उच्च रक्तचाप, मुटु रोग, ग्याष्ट्रिक, कब्जियत, अल्सर, नशा च्यापिएको, अनिद्रा, तनाब लगायतका रोगहरुको परिक्षण गरिने छ । त्यस्तै महिनावारी गडबडी, सम्पूर्ण स्त्री रोग, मधुमेह, जंडिस, दम, खोकी, गर्दन दुख्ने डिप्रेशन रोगको पनि शिविरमा परिक्षण गरिने छ ।
त्यस्तै चिकित्सालयले माघ महिना भरी निःशुल्क योग कक्षा संचालन गरिरहेको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:50:50 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *