तौल घटाउन पिउनुहोस् यी पेय पदार्थ



fatपोषणबिदहरुका अनुसार तौल घटाउन कठोर पोषण सम्बन्धि नियम पालन गर्न सक्नु भएन भने पनि केही पेय पदार्थ पिउँदा तौल घट्ने गर्छ ।

पानीः यो सदाबहार उपयुक्त पेय पदार्थ हो । नियमित पानी पिउँदा अवश्य पनि केही न केही तौल घट्छ । अझ पानीमा कागती राखेर पिउँदा तपाईको तौल झन् घट्छ । बिहान उठ्नेवित्तिकै कागती पानी पिउम्दा तौल घट्छ ।

सागसब्जीको सुपः पोषणयुक्त यस सुपले तपार्इंको मेटाबोलिजमलाई सशक्त बनाउछ । डिनर अगाडि सागसब्जीको सुप खाँदा थोरै क्यालोरी खान सहयोग मिल्छ ।

ग्रीन टीः तौल नियन्त्रणका लागि ग्रीन टी पनि उपर्युक्त विकल्प हो । यसले शरिरको ग्लुकोजलाई समेत नियन्त्रण गर्छ । दैनिक दुई कप ग्रीन टी खाँदा तौल घट्छ । यसले विभिन्न रोगबाट बचाउनका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सागसब्जीको जुसः तरकारीको सुपमा जस्तै भेजिटेबल सुपले पनि तौल घटाउँछ । गर्मी मौसममा सब्जीको जुस र जाडोमा सब्जीको सुप खाँदा शरिरलाई फाइदा हुन्छ । तर सुपमा सोडियमको मात्रा न्यून हुनुपर्छ ।

कफीः कफीले पनि तपाईको मेटाबोलिजमलाई शसक्त बनाउछ । यसले मोटोपन घटाउछ र तपाईको उर्जाको तह बढाउछ । कफीमा भएको क्याफिनले क्यालोरी जलाउन सहयोग गर्छ । तर खाली पेटमा र दैनिक दुई कप भन्दा बढी कफी पिउँदा भने शरिरको मेटाबोलिजमलाई नकरात्मक असर पार्छ ।

तररहित दूधः तरकाटेको दुभ प्रोटिन, भिटामिन डी, र क्याल्सियमयुक्त हुन्छ जसले तपाईको हड्डीलाई बलियो बनाउँछ । यस्तो दुधले शरिरमा क्यालोरि नथपी शरिर झनै ऊर्जावान हुन्छ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार