कोहलपुर, माघ ७
माघ महिनाको सुरुवातसंगै बाँकेमा जाडो बढेपछि निम्न वर्ग मारमा परेका छन् । विगतमा जाडोयाममा नेपालगन्ज उपमहानगरपालिकाले दाउरा बाँड्ने गरे पनि यसपाली दाउरा वितरण नगर्दा नेपालगन्जमै बस्ने मगता समुदाय मारमा गरेका
छन् । बर्षौदेखि नेपालगन्जको धम्बोझी १ खजुरा सडक छेउमा बसोबास गर्दै आएका महौत अर्थात मगन्ता समुदाय बढी मारमा परेका हुन् । बर्षयाममा सडकको छेउ तथा अरु समयमा खेतमा त्रिपाल मुनी बस्दै आएका महौत (मगन्ता) जातीका समुदाय बढी मारमा परेका हुन् ।
पुर्खौदेखि मागेरे खाने उनीहरु जाडो याममा निकै मारमा पर्ने गरेका छन् । उनीहरु विहानै देखि मगन्ता समुदायका बालबालिकाहरु शहरका गल्ली गल्लीमा रहेको कवाड बटुल्ने तथा माग्दै हिँड्ने गर्दछन् । घरका ठूलो अभिभावकहरु दिनमजुरी गरेर हातमुख जोर्दै आइरहेका
छन् ।
जाडोयाममा मगन्ता जातीमा न्यानो कपडा र सुत्ने बासस्थानको समस्या बढि रहेको छ । मागेरै गुजारा चलाउने मगन्ते समुदायमा पानी परेपछि अरुको बरन्डा तथा बास बस्ने घर खोज्दै हिड्ने गरेको उनिहरुको गुनासो छ । ५० बर्ष देखि रोडकै छेउमा बसोबास गर्दै आएका राम लाल मर्हौतले यसपाली जाडोमा कसैले सहयोग नगरेको गुनासो गरे । धम्बोझी १ खजुरा रोड स्थित मगन्ते समुदायको १०÷१२ घर परिवारहरुको दैनिकी मागेर वित्ने गरेको छ । तर मागेर गुजारा चलाउने मगन्ते समुदायमा परनिर्भरता भएपनि पछिल्लो केहि पिढीहरुले भने आफैले व्यवसाय समेत गर्दै आइरहेका छन् ।
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्