20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

न्यू डाँफे र दंगा सेमिफाइनलमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ६, २०७२  

 

बाँकेको खजुरामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस खजुरा र दंगा नियन्त्रण प्रहरी गण नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेरा प्रावि डि गाउँको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा न्यू डाँफेले अन्नपूर्ण युवा क्लव एच गाँउलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । न्यू डाँफेका आशिष बुढामगरले २२ औँ मिनेटमा गरेको गोलनै निर्णायक भयो ।
त्यस्तै दोस्रो खेलमा दंगा नियन्त्रण प्रहरी गण नेपालगन्ज विजयी हँुदै सेमिफाइनलमा प्रवेश गरेको छ । युथ युनियन क्लव ए गाँउलाई २–० गोल अन्तरले पराजित गर्दै दंगा सेमिफाईनलमा प्रवेश गरेको हो । उसका लागि सन्तोष वुढामगरले १४ र ५८ औँ मिनेटमा गोल गोल गरेको आयोजक क्लवका अध्यक्ष तिलकविर सुनारले जानकारी दिए ।
फुटबल प्रतियोगितामा मध्य र सुदूरपश्चिमका गरी १५ वटा क्लबको सहभागिता छ । प्रतियोगिताको बिजेताले नगद एक लाख एक हजार पाउने छ भने उप विजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ ।

प्रकाशित मितिः बुधबार, माघ ६, २०७२     6:31:25 PM  |