बर्दिया, माघ ६ । एक अध्ययनले यो वर्ष बर्दियामा खाद्य संकट हुनसक्ने देखाएको छ ।
बबई र कर्णाली नदीको बाढी तथा कटानबाट वर्षेनि हुने क्षतिलगायत वन्यजन्तुबाट हुने खेतीबालीको नोक्सानी नरोकिए बर्दियामा खाद्य संकट हुने देखिएको हो ।
राष्ट्रिय योजना आयोग, कृषि विकास मन्त्रालय तथा विश्व खाद्य कार्यक्रमको सहजीकरणमा बर्दियामा सन्चालन गरिएकोचारदिने खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणबाट सहभागीहरु यो वर्ष बर्दियामा खाद्य संकट हुनसक्ने निश्कर्षमा पुगेका हुन् ।
यो आर्थिक वर्षमा नेपालका ३२ जिल्लामा खाद्यान्न अभाव हुनसक्ने विश्व खाद्य कार्यक्रम मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक बखत निरौलाले जानकारी दिए ।
प्रकाशित मिति : २०७२ माघ ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्