दाङ, माघ ६ गते । आज यहाँ भएको एक सवारी दुर्घटनामा एक व्यक्तिको मुत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्डको मानपुर–९ फोटिनाइनचोक नजिकै आज ना ५ ख ९७३ नम्बरको बसको ठक्करबाट सल्यान–९ सिवरथ निवासी ५० वर्षीय पदम बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको बसको ठक्करबाट बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । मृतक बुढाथोकीको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरमा परीक्षणका लागि लगिएको छ । रासस
प्रकाशित मिति : २०७२ माघ ६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्