19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मुक्त कमैया बस्तिमा बन्दैछन् पक्की घर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२  

कोहलपुर, माघ ५,
वरपरी ठुला–ठुला पक्की घर । तिनै घरहरुको बीचमा झुपडीहरुले बनेको छ, कोहलपुर लोकनगरको गाउ“ । अन्य ठाउ“बाट पुनस्र्थापना गरी सरकारले कोहलपुरको उक्त ठाउ“मा मुक्तकमैयाका परिवारहरुलाई बसोबास गर्ने ब्यबस्था मिलाएको थियो ।
साँझ र बिहानको जोहो गर्न समेत मुस्किल पर्ने मुक्तकमैयाहरुका लागि पक्की घर सपना जस्तै थियो । तर अब सपना बिपनामा परिणत हु“दैछ । केही परिवारले त मजदुरी गरेर कमाएको पैसाले चार कोठे पक्की घर बनाइसकेका छन् भने बा“की परिवारलाई पक्की घर बनाउन लोकनगर सिर्जना मुल समितिले योजना अघि सारेको छ ।
मुक्तकमैयाहरुको हकहित र बस्ति बिकासका लागि बनाइएको उक्त समितिका अध्यक्ष बिश्राम थारुले प्रति परिवारले मासिकरुपमा पैसा उठाएर घर बनाउने योजना ल्याएका छन् । ‘हामी बसोबास गर्ने ठाउं वरपर ठुला–ठुला घरहरु छन् । हाम्रा भने झुपडीहरु छन् ।’ अध्यक्ष थारुले भने,–‘हामीले पनि किन पक्की घर नबनाउने ? भनेर आफ्नै सक्रियतामा केही काम गर्ने सोंच बनाएका छौं ।’
थारुका अनुसार मासिकरुपमा प्रति परिवार एक हजार संकलन गर्ने र त्यही पैसाबाट एकपटकमा तीनवटा सम्म घरहरु निर्माण गर्न सकिन्छ । ‘हाम्रो यहाँ आठ सय परिवार रहेका छन् । उनीहरु सबैले प्रति परिवार एक हजार उठाउने हो भने पनि आठ लाख हुन्छ । उक्त रकमबाट एकपटकमा कम्तिमा तीनवटासम्म घरको काम सुरु गर्न सकिन्छ ।’
आफ्नै लगानीमा घर बनाउन नसकिने भएकाले सबै मिल्ने हो भने घर बन्न धेरै समय नलाग्ने थारुले बताएका छन् । तर यसरी संकलन भएको रकम दुरुपयोग हुनसक्ने भयले गर्दा मुक्तकमैयाहरु पैसा नउठाउने हुन् की भन्ने चिन्ता रहेको थारुले बताए । ‘अरुले बद्मासी गरेकाले कसैलाई पनि बिश्वास गर्दैनन् । तर पनि म बिश्वास लिन्छु ।’– थारुले भने ।
लोकनगरमा ४५ वटा घरहरु पक्की बनिसकेका छन् । स्वदेश र बिदेशबाट समपत्ति आर्जन गरेर घर निर्माण गरेको स्थानीयबासिन्दा बताउँछन् । ‘मुक्तकमैयाहरुको जिवनशैली फेरिसकेको छ । पहिलाको जस्तो छैन् ।’– स्थानीय रामदिन थारुले भने । उनका अनुसार अझै केही परिवार पक्की घर बनाउने काममा जुटिसकेका छन् ।

प्रकाशित मितिः मङ्लबार, माघ ५, २०७२     10:36:44 AM  |