सडक विस्तार नहुँदा समस्या



तीलक गाउले
कोहलपुर, माघ ५
नेपालगन्ज कोहलपुर चार लाईन सडक खण्ड अन्तरगत जमुनाहा देखि राँझा सम्मको सडक विस्तार कार्य अझै सम्पन्न नहुँदा स्थानिय बासीन्दा देखि पैदल यात्रु सम्मका नागरिकलाई सास्ती भएको छ ।
कोहलपुर जमुनाहा सडक खण्डमा एसीयाली बिकास बैङ्ग एडिभिको सहयोगमा २ वर्ष अघि थालिएको सडक निमार्ण कार्यले पूर्णता नपाउँदा दैनिक रुपमा उड्ने धुलोले नेपालगन्ज सडक छेउका बासीन्दा मात्रै नभै सडकमै व्यापार गर्ने व्यवसायी रिक्सा चालक, पैदल यात्रु लगायतलाई सास्ती दिएको छ ।
अन्य स्थान भन्दा बढि व्यस्त रहने नेपालगन्जको धम्बोजी चोकमा सडक निर्माणका क्रममा बढेको धुलोका कारण सर्वसाधारण देखि मोटरसाईकल चालक , रिक्सा चालक तथा टाँगा चालकको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ । यो बाटो भएर हिड्ने पैदलयात्रुले नाक बुजेर हिँड्नुपर्ने बाध्यता भएको नेपालगन्ज चार बाहिनी बस्ने तुलसी चापागाईको भनाई
छ ।
सडक विस्तारका क्रममा नागरिकको स्वास्थ्यलाई मध्येजनर गर्दैै कुनै पनि सडक निर्माण कम्पनीले धुलो उडाउन नपाइने व्यवस्था हुन्छ । त्यसका लागि दैनिक २,३ पटक उक्त निर्माणाधित सडकमा पानी हाल्ने सम्झौता भएपनि नेपालगन्ज जमुनाहा सडक खण्डमा निर्माण भैरहेका स्थानहरु धम्बोजी विपिचोक र चौलिकाचोक अगाडि पानी नहाल्दा उड्ने धुलोले मानिसको स्वास्थ्यलाई प्रतिकुल असर पु¥याईरहेको छ । यो बाटोमा रिक्सा चलाउँने रिक्सा चालकहरु समेत धुलोको सिकार भैरहेका छन् ।
दिनहुँ उड्ने धुलोले पैदल यात्रु, रिक्सा चालकलाई मात्रै होईन सडक छेउमा बसेर व्यापार गर्ने व्यापारीहरुको व्यापारमा समेत ह्रास आएको छ । विगत १६ वर्ष देखि नेपालगन्जमा फलफुलको व्यापार गर्दैै आएका नेपालगन्ज १ धम्बोजीका मोहमद शेषको भनाई छ ।
विगतमा विवादका कारण रोकिएको भनिए पनि अहिले स्थानीयले सहयोग गर्दा समेत काममा ढिलासुस्ती भैरहँदा निर्धारित समयमै सडक निर्माणको काम नभएको देखिन्छ । जमुनाहा देखि राँझा सम्म एआमआर पप्पु जिभि र कोहलपुर देखि राँझा सम्म कालिका कन्ट्रक्सन बीच नेपालसरकारसंग २ वर्ष भित्र काम सक्ने सम्झौता भएको थियो । तर कोहलपुर देखि राँझा सम्मको काम सतप्रतिशत पूरा भए पनि जमुनाहा देखि राँझा सम्मको काम भने अझै सकिएको छैन । समयमै काम नगर्ने र सडक निर्माणका समयमा अपनाउनुपर्ने सावधानी समेत नअपनाउँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
नेपालगन्ज उपमहानगर पालिका र निर्माण कम्पनी एआमआर पप्पु जिभि बिच धुलो उड्न नदिन पानी हाल्ने सहमति भएपनि त्यो सहमति कार्यान्वयन नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको असरशासनकर्मी मन भण्डारी बताउँछन् ।
करिब १ खर्ब १५ करोडको लगानीमा सञ्चालित कोहलपुर देखि नेपालगञ्ज जमुनाहा चारलाईन सडकखण्ड अन्तरगत कोहलपुर राँझा सम्मको सडक निर्माण कार्य सम्पन्न भैसके पनि जमुनाहा नेपालगन्ज सडक खण्ड भने सम्झौता समय भन्दा बढि भैसक्दा समेत निर्माण हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ ५ गते मंगलबार