नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आसन्न १३ औँ महाधिवेशनबाट आफू नै सभापति हुने दाबी गरेका छन्।
नेपाल प्रेस युनियन दाङले सोमवार विहान घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले निर्विकल्प पार्टी सभापतिको एकमात्र योग्य उम्मेदवार आफू नै भएको अबको सभापतिमा कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।
उनले भने,‘१३औं महाधिवेशनवाट काँग्रेस सभापति जसरी पनि म हुनुपर्छ र हुन्छु।’ पौडेलले सबै नेता तथा कार्यकर्ताहरुको भावना पनि आफूलाई नै सभापति वनाउने भन्ने आएकोले सभापति आफू नै वन्ने जिकिर गरे।
उनले देशमा भएका उपलब्धी संस्थागत गर्न र पार्टीलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क गरे।
आफू सभापति भएपछि पार्टी भित्रको गुटगत राजनीति अन्त्य हुने र पार्टी संस्थागत ढंगले संचालन गर्ने उनको भनाई छ।
फरक प्रसंगमा पौडेलले देशको समस्या एक दुई दिनमा समाधान हुने वताए। प्रमुख दल र मधेसी मोर्चावीचको वार्ता सहमति नजिक पुगेकोले एक दुई दिनमै सहमति कायम हुने उनको भनाई छ।
प्रकाशित मिति : २०७२ माघ ४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्