18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

तनहुँमा खुकुरी हानाहान : एकको मृत्यु, ३७ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ३, २०७२  

 

तनहुँ – गए राति व्यासनगरपालिका वडा नं २ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृत्यु हुनेमा व्यासनगरपालिका – २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा साँझ ९ बजे दमौली अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा परी व्यासनगरपालिका – १० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः आइतवार, माघ ३, २०७२     11:33:15 AM  |