20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

औगादोगुको होटलमा बन्दुकधारीद्वारा आक्रमण, २० जनाको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ २, २०७२  

काठमाडौं, माघ २ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा रहेको एक होटलमा बन्दुधकारीहरुले आक्रमण गरी कम्तिमा २० जनाको हत्या गरेका छन् ।

पश्चिमा मुलुकका अतिथीहरुले प्रयोग गर्दै आएको ईस्प्लेन्डीड होटेलमा गएिको भीषण हमलापछि बन्दुकधारीहरुले केही विदेशी नागरिकलाई बन्धक बनाएको खबर छ ।

justify;”>बन्दुकधारीहरु होटल बाहिर दुईवटा कार वम विष्फोट गराएपछि अन्धाधुन्द गोली प्रहार गर्दै होटलभित्र पसेका थिए । कम्तिमा चार जना नकाबधारीहरु होटलभित्र पसेर अतिथीहरुलाई बन्धक बनाएका हुन् ।

बुर्किना फासोका विदेशमन्त्री अल्फा ब्यारीले बन्दुकधारीविरुद्ध सुरक्षार्कीले कारवाही थालेको जानकारी दिँंदै बन्धकहरुलाई छिट्टै मुक्त गराउने बताएका छन् ।

होटलका एक कर्मचारीका अनुसार बन्दुकधारीले होटलकै कफी सपमा केही विदेशी नागरिकको हत्या गरेका छन् । अफ्रिकी मुलुकमा अल कायदाको मोर्चा सम्हाल्दै आएको एउटा ईस्लामिक अतिवादी समुहले घटनाको जिम्मेवारी लिएको छ ।

बन्दुकधारीहरुले निशाना बनाएको उक्त होटेलमा संयुक्त राष्ट्रसंघका अधिकारीहरु र पश्चिमा देशका पर्यटकहरु बस्दै आएका थिए । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, माघ २, २०७२     5:48:30 PM  |