पार्टी कार्यालयमा गरिएको धर्ना स्थगित



धनगढी, पुस २८ गते । पार्टीको क्रियाशील सदस्यता विवादलाई लिएर काँग्रेस पार्टी कार्यालय कैलालीमा चार दिनदेखि जारी धर्ना आज बिहान स्थगन गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालमा क्रियाशील सदस्यता विवादका सम्बन्धमा सोमबार भएको निर्णयबमोजिम धर्ना स्थगन गरिएको काँग्रेस कैलालीका नेता आनन्दराज जोशीले बताउनुभयो । धर्ना स्थगन गर्न आयोजित पत्रकार सम्मेलनमा नरायणदत्त भट्ट, कृष्णबहादुर महरा लगायत जिल्ला नेताहरुले पार्टीको निर्णयले अरू पार्टीबाट हालै प्रवेश गरेका नेतालाई क्रियाशील सदस्यताको भूमिका नदिएर अपमान हुने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । रा

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २८ गते मंगलबार