मंसिर, २४ नेपालगन्ज । पछिल्लो दुई साता यता तनाबग्रस्त रहेको नेपालगन्जको रुपैडिया नाका आज बिहानदेखि खुकुलो भएको छ । नाका खुकुलो भएस“गै पेट्रोलियम पदार्थका गाडि र मालबाहक गाडि भित्र्न थालेका छन् ।
साझ ६ बजे सम्म रुपैडिया नाका भएर ४३ पेट्रोलियम पदार्थ र ७ वटा ग्यासका बुलेट सहित २ सय ४५ वटा गाडिहरु नेपाल भित्रिएका छन । डिजलका ३४, पेट्रोल ५, हवाई इन्धन ४ ट्यांकर र ७ वटा ग्यासको बुलेट भित्रिएका छन् । अन्य मालबाहक ट्रक समेत १ सय ९५ वटा नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाले पहिलोपटक अघोषित रुपमा नाकाबन्दी शुरु भए यता एकै पटकमा ठुलो संख्यामा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र माल बाहक ट्रकहरु भित्रिएको जनाएको छ । आज मोर्चाका कार्यकर्ताले समेत सीमावर्ती क्षेत्रमा कुनै अवरोध गरेका छैनन ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकरको नेपाल प्रवेशमा कडाई गर्दै आएको भारतीय भन्सारले र सीमा सुरक्षाबल एसएसबीले रुपैडियामा लामो समयदेखि आफैले रोकेका सवारी साधनलाई छाडेको हो ।
प्रतिक्रिया दिनुहोस्