एजेन्सी– तपार्इँ हामीमध्ये जोकोही पनि कुनै न कुनै बेला रोएका हुन्छौ । ‘आशु नचुहाउँने मानिस त केबल रोबट हुन सक्छ,’ एलिजाबेथ गिलवर्ट आफ्नो एउटा पुस्तकमा लेख्छिन् । दुःखद वा सुःखद घटनामा आँखाबाट आशु चुहेको अवस्था रुनु हो । पुरुषमा भन्दा महिलामा बढी आँशु आउँछ । एक तथ्यांकका अनुसार महिलाहरु महिनामा औषतमा ५ दशमलब ३ पटक रुन्छन् भने पुरुष १ दशमलब ३ पटक । अखिर किन ? जैविक रुपमा भन्नु पर्दा पुरुषमा महिलामा भन्दा बढी टेस्टोस्टेरोन नामको हर्मन हुन्छ जसले आशुलाई दबाइदिन्छ । अर्कोतर्फ महिलामा प्रोल्याक्टिन नाम गरेको हर्मन हुन्छ, जसले बढी आँशु उत्पादन गर्छ । तर, यी दुई ओटा हर्मनले मात्र तपाईँ बढी रुने वा नरुने भन्ने विषयलाई निर्देशित गर्दैन । किनकी रुवाईका प्रकारले यसको मात्रालाई बताउँछ ।
रुवाईका प्रकार
प्रोटिनयुक्त एन्टि ब्याक्टेरियल तरल पदार्थलाई आँखाको गेडीको बाह्य किनारामा हुने ल्याक्रिमल ग्लान्डले छोपेको हुन्छ । जब हामी आँखा झिमिक्क गछौं सो तरल पदार्थ निस्कन्छ र यसले हाम्रो सम्पूर्ण आखालाई चिप्लो प्रदान गर्छ । यसलाई आधारभूत आशा भनिन्छ र यसको मुख्य काम नै चिप्लो पर्दाथ निस्कासन गरेर आँखालाई रक्षा गर्नु हो ।
एक पटक सोच्नुहोस् त प्याज काट्दा किन आँशु आउछ ? आँखामा केही भएमा प्रतिकृया स्वरुप आउने स्वतः आशु हो यो । यस आँशुले हावा, धुलो, धुवा, रसायनजस्ता हानिकारक पक्षबाट बचाउँछ । आखामा भएको धुलो र अनावश्यक कुरालाई यस आशुले आँखाबाट पखालिदिन्छ ।
अर्को प्रकारको आँशु निकै भावनात्मक किसिमको हुन्छ । यो अवस्थामा आँखाबाट यति धेरै आशु आउँछ की आशु नाकको प्वाल हुदै बाहिर हुन्छ । धेरै रुँदा मानिसको नाकबाट पानी चुहिनु पनि यही कारण हो । गालाबाट नै तप तपी चुहिने यस्तो आँशु मानिसलाई चिन्ता, निराश, दुखी हुँदा आउँछ । यस्तै आँशु कुनै बेला हर्षको समयमा पनि आउँछ । रुँदाखेरी हर्मन र न्युरोट्रान्सिमटरले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
मायाले तपाईँलाई रुवाउँछ
सेरोटोनिन (मानिसलाई खुसी बनाउने हर्मन) ले शारिरिक र मनोवैज्ञानिक कार्यलाई प्रभाव पार्छ । मुडलाई सन्तुलन गर्न पनि यसको ठूलो भूमिका हुन्छ । भोक दबाउन तथा हड्डीको घनत्व घटाउन पनि यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ शरिरमा अत्याधिक मात्रामा सेरोटोनिनले मानिसका हडी कमजोर हुने (महिनावारीको समयमा महिलालाई हुन्छ) गर्छ । सेरोटोनिन उत्पन्न गर्ने ट्राईफन मासिक धर्मको समयमा महिलामा घट्दै जान्छ, जसका कारण डिप्रेसन हुने वा आँशु चुहिने बढी सम्भावना हुन्छ । त्यस्तै, तपार्इँ मायामा पर्दा पनि सेरोटोनिन नामको हर्मनको तह न्यून हुन्छ, जसका कारण तपार्इँ बढी रुने सम्भावना हुन्छ ।
विभिन्न चरणमा हुने रुवाई
सबै शिशुहरु जन्मदा रुने गुण लिएर जन्मन्छन् । भर्खर जन्मिएको शिशु जन्मने बित्तिकै रुन्छ तर आँशु आउँदैन । उनीहरु बिस्तारै बढ्न थालेपछि आँखामा तरल पर्दाथ आउछ । भोक, निन्द्रा, पीडा, रिस वा सामान्य असजिलो बोध गराउन उनीहरु रुन्छन् । १० महिनापछि उनीहरुको रुवाई अरु कसैको ध्यान आकर्षण गर्ने खालको हुन्छ । यसलाई फेक टिर्यस वा भ्रमपूर्ण आँशु भनिन्छ ।
प्रौढ अवस्थामा पुगेपछि टेस्टोस्टेरोन र प्रोल्याक्टिन सुरु हुन्छ । यी हर्मन विकसित भएपछि किशोरीहरु बढी रुन्चे हुन्छन् भने केटाहरुमा हाँसोको मात्रा ह्वात्तै झर्छ ।
धेरै हानी हुने कुरा भएमा मात्र पुरुषहरु रुने गर्छन् । तर, महिलाहरु भने निराश भए भने पनि आँशु चुहाउँछन् । उनीहरु ठूलो स्वरमा धेरै आँशु चुहाएर रुन्छन् । वैज्ञानिकहरुका अनुसार पुरुषहरुमा आँशु ग्रन्थी साना र महिलामा ठूलो हुने गर्छ । सरदर ५० वर्ष पुगेपछि हाम्रो रुवाईको प्रवृत्तिमा परिवर्तन हुन्छ । हर्मनको परिवर्तनले यस्तो हुने गर्छ । अर्कोतर्फ महिलामा भन्दा पुरुषमा टियर डक्ट ठूलो हुने भएकोले पुरुषमा भन्दा महिलामा बढी आँशुको प्रबाह हुन्छ ।
प्रौढहरुका लागि कति रुनु सामान्य हो ?
बालबालिका दिनमा एकदेखि ३ घन्टासम्म रुन्छन । यो स्वभाविक हो । तर तीन घन्टा भन्दा बढी रोएमा वा एक सातामा तीन दिनबढी रोएमा चिकित्सककहाँ देखाउनुपर्छ ।
प्रौढहरु कति रुन्छन भन्ने विषयमा कुनै निश्चित समय छैन् । रुने मानिसको अवस्थामा पनि भर पर्छ । पश्चिमेली समाजमा रुनमा कुनै छेकवार नभए पनि एशियाली मुलुकमा रुनलाई कम्जोरीपन बताइन्छ । रुदाखेरी पीडामुक्त भएपनि रोएको क्षण निश्चय नै सुखद होइन ।
– See more at: http://swasthyakhabar.com/2015/12/36232.html#sthash.Vw0w1pVS.dpuf
प्रतिक्रिया दिनुहोस्