17 November 2019  |   आइतवार, मंसिर १, २०७६

विकास

समाज सेवा संस्थाको नेपाल इकाई कार्यालय स्थापना

समाज सेवा संस्थाको नेपाल इकाई कार्यालय स्थापना

    प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६       |
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १४ मा समाज सेवा संस्था नेपालको ईकाई कार्यालय स्थापना भएको छ । शनिबार समाज सेवा संस्था १४ नं. इकाई कमिटिका अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा इकाई कार्यालयको स्थापना भएको हो । कार्यक्रमको प्रमख अतिथिको रुपमा कोहलपुर नगरपालिका वडा नं. १४ का अध्यक्ष टेकचन हरिजनले जस्तो नाम छ त्यस्तै गुणस्तरीय काम भएको बताए । ‘अहिलेको समाजले सामाजिक कार्यतर्फ कुनै युवाहरु स
रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न

रामग्राम स्तूप क्षेत्रको जियो फिजिक्स सर्भे सम्पन्न

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
– मोहन पौडेल परासी। बेलायतका जियो फिजिक्स विज्ञहरूको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्शन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ
सवारी साधन मैलुङतर्फ केन्द्रित

सवारी साधन मैलुङतर्फ केन्द्रित

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
– ज्ञानेन्द्र न्यौपाने रसुवा। सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन् । जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हँुदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्यापु्रmबँेसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गब
गौराती मेला सम्पन्न

गौराती मेला सम्पन्न

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
– राम केसी चौतारा।  धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिनबाट शुरु भई द्वादशीको दिन सम्पन्न हुने उक्त मेला सदरमुकाम चौतारा बजारमा सिन्दुर जात्रा गरी बिहीबारबाट विधिवतरूपमा सम्पन्न भएको हो । चौताराको पुरानो बजारस्थित गुठीघरबाट पूर्णिमाको बेलुका भीमसेनको मूर्ति रथमा राखी गौरातीको भीमेश्वर
आज बाँकेको सुरक्षा व्यवस्था कडा

आज बाँकेको सुरक्षा व्यवस्था कडा

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६       |
कोहलपुर । आज बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेपछि बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । शहरदेखि गाउँसम्म ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् । नेपालगञ्ज, कोहलपुर, खजुरा, राप्तीपारी लगायतका स्थानहरुमा बिहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि
खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने

खजुरामा बहुउद्देश्यीय सभाहल बन्ने

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६       |
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करीब ५ सय जना मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको हो । उक्त बहुउद्देश्यीय सभाहलको बिहीवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक कार्यक्रमका वीच शिलान्यास गरे । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं. ३ का सदस्य डिल्ली आचार्यले विधिपूर्वक पूजापाठ गर्दै शिलान्यासमा सहयोग गरेक
मनाइयो विश्व मधुमेह दिवस,  ‘अस्वस्थ जीवनशैलीले समस्या’

मनाइयो विश्व मधुमेह दिवस, ‘अस्वस्थ जीवनशैलीले समस्या’

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६       |
कोहलपुर । अस्वस्थ जीवनशैलीका कारण नेपालमा मधुमेह बढ्दो क्रममा रहेको सरोकारवालाले बताएका छन् । बढ्दो बिलासिता र खानपिनमा समेत उचित ध्यान नदिदाँ मधुमेह बढ्दो क्रममा रहेको चिकित्सकरुले बताएका हुन् । मधुमेह नेपाल कै प्रमुख समस्याका रुपमा बढ्दो क्रममा रहेको उनीहरुको भनाई रहेको छ । विश्व मधुमेह दिवसको अवसरमा बाँकेको कोहलपुरमा बिहीबार आयोजित कार्यक्रममा चिकित्सकहरुले मधुमेहका कारण वर्षेनी लाखौँ जना प
बाँकेमा उपनिर्वाचनको मनोनयन दर्ता, फोटोफिचर हेर्नुहोस् ।

बाँकेमा उपनिर्वाचनको मनोनयन दर्ता, फोटोफिचर हेर्नुहोस् ।

    प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६       |
कोहलपुर ।  निर्वाचन आयोगले उपनिर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गरेको छ । बाँजागाजा सहित आ—आफ्नो उम्मेदवारलाई निर्वाचन अधिकृत कार्यालयमा पुगेर चार दल उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । बाँकेको कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडामा रिक्त वडा अध्यक्ष भएकोले उपनिर्वाचन हुन लागेको हो । नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्णबह
अगैयाको आर्यघाट मलामीहरुले गरे सरसफाई, भिडियो पनि हेर्नुहोस् ।

अगैयाको आर्यघाट मलामीहरुले गरे सरसफाई, भिडियो पनि हेर्नुहोस् ।

    प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६       |
कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयामा रहेको आर्यघाट आज सरसफाई गरिएको छ । आर्यघाटमा फोहोरले दुघन्धित भएपछि साहित्यकार सागर गैरेको नेतृत्वमा सरसफाई कार्यक्रम गरिको थियो । त्यहाँ भएका कपडा, बोतल र अन्य फोहोर भएकोले सरसफाई गरेको गैरेले बताए । कोहलपुरबाट गोपाल प्रसाद चापागाईको दहासंस्कारलाई अगैयाको आर्यघाटमा पुगेका थियौं उनले भने, यहाँ आउने अन्य मलामी र अन्य व्यक्तिहरुले पनि सरस
जंगल नजान निकुञ्जको आग्रह

जंगल नजान निकुञ्जको आग्रह

    प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६       |
कोहलपुर । निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा प्रवेश गरेर केही दिनयता पाटे बाघले मानिसको ज्यान लिन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले सबैलाई सचेत रहन आग्रह गरेको छ । ४० घण्टाको अवधीमा दुई महिलाको पाटे बाघले आक्रमण गरेर ज्यान लिएपछि निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरेको हो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले मान्छे खान सुरु गरेको बाघले जतीबेला