स्थानीय तह निर्वाचन भएको दश महिना भयो । यो समय कसरी सदुपयोग गर्नुभएको छ । जनताको समस्यालाई कसरी लिनु भएको छ ?
विशेषगरी मिडियाकर्मी साथीहरु,सामाजिककर्मी साथीहरु, राजनीतिक दलका मित्रहरु र सचेत कोहलपुरबासीहरुले अहिलेको नगर सरकारले गरेको काम प्रति चासो र चिन्ता लिनु स्वभाविक हो । विगतको कोहलपुर र अहिलेको कोहलपुरलाई हेर्दा तपाईँहरुले थाहा पाइसक्नु भएको छ । सरसफाइको अभियान,उज्यालो कोहलपुर, व्यवस्थित फुटपाथहरुको व्यवस्थापनमा ध्यान दिएका छौँ । यस्तै सामाजिक,आर्थिक र शैक्षिक अभियानहरु सञ्चालन गरिहेका छौँ । कोहलपुर नगरपालिकालाई एउटा सुन्दर नगर बनाउने हाम्रो योजना रहेको छ । यतिमात्रै होइन समग्र जनताको आस्थाको केन्द्र बनाउने उद्देश्य अनुरुप हामी अघि बढेका छौँ ।
बैशाखदेखि माघ महिनासम्मको दश महिनालाई कसरी समीक्षा गर्नुहुन्छ ?
हामी आइसकेपछि कोहलपुर नगरपालिकाभित्र भएको गतिविधिहरु समसामयिक बिषयहरुमा फोकस छ । हाम्रो काम गर्ने शैलीप्रति कस्तो जनताको भनाई छ भनेर बुझदैँ गरिरहेको छौँ । सबैभन्दा दुःखको कुरा के थियो भने कोहलपुर नगरपालिका विगतको दिनमा न्युनतम् मापदण्ड नगरपालिकाहरुले लिजा भन्ने एउटा टुल्स छ । त्योभित्र कोहलपुर नगरपालिका असफल थियो । हामीले यसलाई सफल बनाएका छौँ । समीक्षात्मक रुपमा भन्दा यो हाम्रो सफलता हो । विगतका ठुलाठुला योजनाहरु अलपत्र पर्ने सम्भावना थियो । त्यसलाई हामीले निरन्तरता दिएका छाँै । गोलपार्कको टावर होस् वा बसपार्क होस् । अहिले हामीले पुरानो बसपार्कलाई व्यवस्थित गरेका छाँै । त्यहाँ अब राम्रो संरचना निर्माण हुदँैछ । समयमा विभिन्न खालका बैठकहरु, समीक्षा बैठकहरु,समयमै बजेट बर्गीकरण, नीति तथा कार्यक्रमहरु सम्पादन गरेर बजेट पारित भएको छ । नियमित रुपमा नगरसभा सञ्चालन भइरहेको छ । हिँउदे अधिवेशन भएको छ । कार्य समीक्षा गरिएको छ । यतिमात्र नभएर समन्वयकारी भूमिका निर्वाह गरेका छौँ । केन्द्र सरकार र प्रदेश सरकारबाट विभिन्न आयमुलक सीपहरु र शैक्षिक सुधारका सिपहरु ज्ञानहरु,स्वास्थ्यमा भएका संरचनाहरुको परिवर्तन लगायतका विभिन्न आयमहरुलाई जनप्रतिनिधि भएपछि जनताहरुलाई सेवासुविधा अवसर दिनु पर्ने जिम्मेवारी छ । दैनिक दिनचर्यालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि अहिलेको कोेहलपुर नगर सरकार लागि रहेको छ।
इश्वरीप्रसाद विश्वकर्मा
संयोजक,सामाजिक विकास समिति
कोहलपुर नगरपालिका, बाँके
कोहलपुर नगरपालिकाले अहिलेसम्म गरेका मुख्य– मुख्य कामहरु के–के हुन ?
हामी धेरै कुरामा सफल भएका छौँ । अव्यवस्थित बजार फुटपाथहरु व्यवस्थापन भएका छन् । मालपोत, भूमिसुधार,दैनिक जीवनका लागि कोहलपुर नगरबाीलाई चाहिने संरचनाहरुको बारेमापनि हामी नीतिगत निर्णय गर्न सक्षम भएका छौँ । नगर प्रहरी स्थापना भएको छ । यहाँ विभिन्न खालका रोगहरु छन् । महामारीको रुपमा फैलिन सक्छन् ।त्यसलाई नियन्त्रण गर्नको लागि चरणबद्ध अभियानमा लागेका छौ । यसलाई नियन्त्रण गर्न सफल भएका छौ । एम्बुलेन्स सेवा सञ्चालन भएको छ । अव्यवस्थित तरकारी बजार व्यवस्थित भएको छ । शिक्षामा हामीले ५० प्रतिशत बजेट प्रदान गरेपछि शिक्षामा सुधार भएको छ ।
कोहलपुरमा शिक्षा क्षेत्रलाई एकरुपता ल्याउन कसरी काम गरिरहनु भएको छ ?
हामीले सरकारी र संस्थागत शिक्षाका साथीहरुसँग बसेर छलफल गरेका छौँ । कोहलपुरलाई शैक्षिक हब बनाउने अहिलेको नगर सरकारको चासो र चिन्ता रहेको छ । सरकारी र निजी विद्यालयहरुमा शैक्षिक अवस्था फरक छ । सरकारी विद्यालयले केही पनि गर्न सक्दैनन् भन्ने धारणा छ । पठनपाठन नियमित हुदैँन । व्यवस्थापन राम्रो छैन । नियमित कक्षा सञ्चालन हुँदैनन् । शिक्षकहरुलाई विषयवस्तुहरुको जानकारी छैन भन्ने बुझाइ छ । निजी विद्यालयमा चाहीँ नियमित हुन्छ । व्यवस्थापन राम्रो हुन्छ । पठनपाठन विषयवस्तु शिक्षकलाई जानकारी हुन्छ भन्ने बुझाइ रहेको छ । हामीले दुवै विद्यालयका सञ्चालक र शिक्षकहरुलाई बोलाएर अब सबैले समान शिक्षाको व्यवस्था मिलाउनुपर्छ भनेर पाठ्यक्रम लागू गर्ने तयारी गरेका छौँ । हामी सबै कोहलपुरका जनप्रतिनिधिहरुले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएका छौँ । सबै विद्यालयमा समान पाठ्यक्रम लागू हुन्छ ।
कोहलपुरमा नगरपालिकाले फुटपाथमा व्यवसाय गर्नेहरुलाई उठबास लगाएको छ ? उनीहरु आफ्ना कुरा नगररले सुनेन भन्ने छ । यसको दीर्घकालीन समस्या समाधानको बाटो के हो नी ?
कोहलपुरमा व्यवसाय गर्ने मान्छेहरु प्रायःबाहिरबाट आएका हुन् । कोहलपुर नगरपालिकाभित्र रहेका ठेला व्यवसायहरु कति छन् । तिनीहरुको संख्या तयार पारौँ भन्दा उहाँले चासो चिन्ता राख्नु भएन । उहाँको लागि हामीले ठाँउ पनि देखायौ । त्यहाँ हामीले कुरा मिलायौ । तर, उहाँहरुको व्यवसाय फटाउन नसक्ने चिन्ताले गर्दा त्यहाँ जानु भएन । निर्णय हामीले गर्न खोजेको हो तर, उहाँले साथ नदिएपछि कार्यान्वयन हुन सकेन । अहिले करिब बीस जना कृषि हाट बजारमा जानु भएको छ । ५ जना सिद्धिविनायक पार्क नजिकै व्यवस्थापन गरिएको छ । व्यपारका हिसाबले उहाँहरुको गुनासो आएको हो । हामीले प्रयास गरिरहेका छौँ ।
अहिले नगरपालिकाले सटरहरु बनाइरहेको छ । खाली ठाउँहरु छन् । यहाँ ठेलारहित बस्ने वातावरण हुनुपर्यो । बसपार्कमा सटरहरु वितरण हुदँैछ । नगरपालिका भित्र हुदैँछ । जहाँजहाँ मिलाउन सकिन्छ त्यहाँ मिलेर बसौ । गरिखाने मान्छे हुनुहुन्छ । न्युन आयआर्जन गर्ने व्यक्ति हुनुहुन्छ भने फुटपाथमा चाहीँ बस्न मिल्यो तर ठेला राख्न पाइएन । कोहलपुरबासी हो भने नगर सरकारलाई पनि काममा सहयोग गर्न दाहित्व होला त ।
अर्को ठुलै समस्याको रुपमा फोहोर व्यवस्थापन र छाडा चौपाय व्यवस्थापन रहेको छ, यसको पनि दीर्घकालीन समाधानका लागि के काम गर्नु भएको छ ?
सरसफाइ र स्वास्थ्य सबैभन्दा महत्वपुर्ण कुरा हो । सरसफाइको लागि जटायोसँग भएको सम्झौता छ । काम नगर्न हो भने तपाईँसँग काम गर्न नसक्ने कुराको जानकारी गराएका छौँ । अहिले सामुदायिक वनसँगको सहकार्यमा सरसफाइ भइरहेको छ । यसको दीर्घकालीन योजनापनि बन्दैछ । सरसफाइलाई विशेष गरेर एक करोडको कार्यक्रम हामी गर्दैछौ । हाम्रो बानी के छ भने हामी विदेशमा हँुदा सरसफाईमा ध्यान दिन्छौ । यहाँ हुँदा दिदैनौ । यस्ता बानी सुधार गर्नुपर्छ । पशु चौपाय व्यवस्थापन पनि हाम्रो प्राथमिकता छ ।
नगरप्रहरी आएको पाँच महिना बित्यो । एक पसल एक क्यारम बोर्ड देखिन्छ । यसमा ध्यान दिन सकिएको छैन नी ?
अहिले कोहलपुर चौराह हेर्नुस् । नगरपालिका छेउछाउ हेर्नुस् । कुषि बजार हेर्नुस् । अहिले फुटफाट हेर्नुस् । घर निर्माणका अव्यवस्थित सामानहरु हटाउने कुरादेखि लिएर धेरै गरेको छ, सकारात्मक नजरले हेर्नुस । अब हामी दर्ता नभएका पसलहरुलाई छानबिन गर्दैछौ । अनि यो क्यारमबोर्ड पसलहरुलाई एउटा सूचना निकालेर हामी अगाडि बढ्छौ । यसमा हाम्रो ध्यान गएको छ । नराम्रो कामहरु के छन् तिनीहरु बन्द गराउने काममा हामी लाग्छौ ।
अन्त्यमा,सम्पूर्ण नगरबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
कोहलपुर नगरपालिकाकामा भएका कामको बारे कुरा गर्न अवसर दिनु भएकोमा धेरै धन्यबाद रेडियो मिसन र मिसन टुडे दैनिकलाई । अब हामीले जग्गाको लालपुर्जा वितरणको काम पनि छ । वडा नम्बर ६ मा हामीले बितरण गरेका छौ । १ र २ को लालपुर्जा वितरणको तयारीमा हामी छौ । अबको सामाजिक रुपान्तरणको लागि मिडियाकर्मीहरुको भूमिका बिषयमा छलफल गर्दै छु । यहाँ धार्मिक संगठनहरु छ । सबै धार्मिक संगठनका साथीहरु बसेर कस्को समस्या के छ भनेर एउटा अभियानको रुपमा अगाडि बढ्दै छु । समग्रमा कोहलपुर सरकारले नागरिकको आत्म सुरक्षाको अनुभूति गर्ने वातावरण सिर्जना गर्छ । नगर समृद्धिमा हातेमालो गरौँ ।
प्रतिक्रिया दिनुहोस्