19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

रेडियोको मङ्गल धुनले पोहोर सालको दसैँ र चित्रेभीरको भीडन्त सम्झाइरह्यो‘

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८  

भानु बोखिम
दलिनमा झुन्डिएको रेडियोको मङ्गल धुन कानमा गुन्जँदा उसका आँखा आँगनको डिलमा फुलेका सयपत्रीमाथि घुमिरहेका थिए । सँगसँगै नाचिरहेको थियो जनमुक्ति सेनाको शिविरमा मनाएको पोहोरको दसैंको धमिलो सम्झना । यसपालि अयोग्य साबित गराएर उसलाई क्यान्टोनमेन्टबाट बिदा गरिएको छ । बिदाइको क्षणसँगै युद्ध लडेको साथीले टक्य्राएको गुलाफ आँखाबाट हटेको छैन । फगत त्यो गुलाबको निसानमात्र मेटिएको छ ।

“शिविरबाहिरको जीवन पनि सफल रहोस्, कामरेड रक्तिम १”

“अब कामरेड नभन्नु होला, अनि रक्तिम पनि हैन,” दीपकले मन्द आक्रोश पोख्यो ।

“किन रु”, जीवन शर्मा उर्फ भीषणले असहज हुँदै मिलाइराखेको हात छुटायो ।

“कामरेड शब्द यो शिविरको चौघेरामा सीमित राख्नु ठीक हुन्छ, मसँग कामरेड उपाधि लिएर देखेका सपना पनि छैनन् ।”

जीवन शर्मा केही बोलेन । उसका धसिएका आँखा रसाए, जसरी दीपकका चिम्रा आँखा रसाएका थिए । दीपक क्यान्टोनमेन्टको सँघारमा उभिएको थियो । उसले जनताको सपना भन्दै धेरैचोटि युद्ध लडेको थियो । तर, ती सपना फगत मृगतृष्णा लागिरहेका थिए । काठमाडौँबाट हेलिकोप्टर चढेर आएको नेताले बेजोड भाषण छाँटेको थियो । केही समयलाई शिविरका सबै लडाकुको ध्यान खिचेको थियो । भाषण उस्तै थियो । दर्शन पनि उस्तै, युद्धकालमा जस्तो । नसामा रगतको गतिलाई बढाएर जुरुक्कजुरुक्क बनाउने त्यही भाषण र दर्शनले देखाएको सपना जिउँदो थिएन आज । यो उदासीमा हरेक चीज अस्तित्वहीन लाग्न थालेका थिए । सबै दृश्य यथास्थितिवादी लाग्न थालेका थिए । शिविरभित्रका छाप्राहरू उस्तै मौन थिए । दूरदूरबाट लम्पसार पर्दै शिविरभित्र छिरेको धुलाम्मे सडक अनि सडकलाई शिविरमा प्रवेश गराउने प्रवेशद्वारका मोटामोटा खम्बाहरू उस्तै थिए ।

उसले साथीहरूसँग हात मिलायो र अघि बढ्यो । अगाडि निस्किएका साथीहरू चौरमा बसेका थिए । कोही भने बसको छतमा चढेर निराश आ“खाले शिविर नियाल्दै थिए । दीपक केही कदम अगाडि बढ्यो । झोला भुइँमा फ्यात्त फ्याँक्यो र पछाडि फर्क्यो । अयोग्य ठहरिएका लडाकुहरू योग्य ठहरिएकासँग हात मिलाउँदै बाहिरिने क्रममा थिए । हतियार च्यापेर सेन्ट्री बसेकाहरूको आ“खा पनि प्रवेशद्वारको लस्करमै सोझिएको देखिन्थ्यो । उसले घर सम्झँदै भारी पाइला चाल्यो । बस चढ्यो र झ्यालपट्टिको सिटमा बसेर बाहिर नियाल्यो । सधैँ सधैँ देखिएका दृश्यहरू आज बिराना लाग्दै थिए । बस गुड्न थालेपछि पछाडि फर्केर नियाल्यो, शिविरका धेरै साथीले हात हल्लाइरहेका थिए ।

शिविरबाट हिँडेको दोस्रो दिन साँझ ऊ घर पुग्यो ।

“तँ आइपुगिस् कान्छा १”

घरको पेटीमा बायाँ गोडामाथि दायाँ गोडा खापेर बसिरहेका बुबाको मुहार खुसीले तेज भयो । सायद पुराना सम्झना बुबाले भुलिसकेका थिए । उठेर आँगनतिर आए । आँगनको बीचमा आमुन्नेसामुन्ने भयो ।

“कैले हिँडिस् रु”, बुबाका आँखाका नानी अझ धूमिल हुँदै थिए ।

“हिजो बिहान ।”

दुवै जना घरको सिकुवातिर बढे । दीपकले झोला बिसायो र खसेलाले बुनेको पिर्कामा बस्यो ।

“मैले तिमेरलाई बिदा गर्‍या खबर रेडियोमा सुन्या थेँ,” बुबा अघिकै ठाउँमा बसे ।

“ए ऽ,” उसले धेरै कुरा बोलेन ।

 

“अनि भाउजू र नानी रु”

“भित्रै छन्, ल भित्र हिँड् तँ पनि ।”

दुवै जना उठे । नसैनसाले साम्राज्य जमाएको बुबाको हातले उसको झोला उठाउन खोज्यो, तर दीपकले रोक्यो । बुबा अघिअघि अनि ऊ पछिपछि । ढोकाभित्र छिर्नुअघि मूल ढोकाको दायाँतिर टाँसिएको तस्बिरमा आँखा ठोक्कियो । क्रान्तिमा जाँदाताकाको दाजुभाउजूको तस्बिर ध्वाँसोले थोरै धमिलिएको थियो ।

ढोकाछेवैमा रोकिएर नियालिरह्यो । अरू फोटोमा भन्दा पनि दाजुको तस्बिरमा आँखा अडिरह्यो ।

“नाइँ ममी, मलाई त दिनैपर्छ ।”

आमासँग झगडा गरिरहेको भतिजोको आवाजले उसको एकाग्रता बिथोल्यो ।

“हैन कता गइस्, भित्र आइज न,” उसै बेला बुबाको आवाज पनि थपियो ।

बिस्तारै तस्बिरबाट आँखा झारेर खुट्टा बढायो । सँघारलाई नाघ्यो र भित्र छिर्‍यो ।

“अङ्कल ।।।,” खाजा खाँदै गरेको भतिजो झम्टिँदै आयो ।

भाउजूले बस्ने ठाउँ तयार गरिन् । त्योभन्दा बढी भतिजो खुसी देखियो । सानो छँदा भतिजो ऊसँग मज्जाले खेल्ने गर्थ्यो । दाजु जागिरमा थिए, भाउजूले अरू काम गर्थिन् । हुन सक्छ, त्यही हिमचिमका कारण ऊ काकासँग छुट्न मान्दैनथ्यो । क्रान्तिकारीको ताँतीमा मिसिएर घरबाट बाटो लाग्दा तीनवर्षे भतिजोले आँगनको डिलसम्म पछ्याएको थियो । सायद, त्यो बेला बुबाले भन्दा भतिजोले बढी उसको आवश्यकता महसुस गरेको थियो । त्यसपछिका छवटा हिउँद नफर्कने गरी इतिहास भए ।

यसबीचमा उसले धेरै युद्ध लड्यो । कतै हार, कतै जित । कतै मित्र मरे, कतै शत्रु मार्‍यो । यसको लेखाजोखा रहेन । बस्, आज घर आउँदा भतिजो र बुबा खुसी थिए । भाउजूको आँखामा भने खासै चमक थिएन । सायद उनको विधवा जीवनले कोही आउनु र जानुको औचित्य देख्न छाडेको थियो ।

उसले पुरानो पाँचघरे गुन्द्रीमा बसेर झोला खोतल्यो । आधा बाटोबाट ल्याएको बिस्कुट अनि हाफ पाइन्ट र भेस्ट भतिजोलाई दियो । बुबाका लागि ‘इन्डियन रम’ ल्याएको थियो । बुबा भारतीय रमका सौखिन थिए । उनी छुट्टीमा घर आउँदा सधैँ एक–दुई बोतल रम ल्याउँथे र गाउँलेसँगै अलिअलि पिउँथे । उसले त्यही सम्झेर बुबाका निम्ति किनेको थियो ।

यो बेला उसले क्रान्तिमा लागेर रक्सी पिउनेलाई भाटा लगाउँदै हिँडेको कुरा सम्झन चाहेन । अनि भाउजूलाई साडी थमायो । उसले कहिले पनि कोसेली लिएर घर आएको थिएन । बुबा खोल हटाएर रमको बोतल ओल्टाइपल्टाइ गरिरहेका थिए । सायद आज कान्छो छोरामा मन फर्किएको थियो । सायद अब छोरा फर्केर जाँदैन भन्ने विश्वास थियो जो नचाहँदा नचाहँदै कुनै दिन क्रान्तिकारी युद्ध लड्न हिँडेको थियो ।

यसबीचमा उसले धेरै युद्ध लड्यो । कतै हार, कतै जित । कतै मित्र मरे, कतै शत्रु मार्‍यो । यसको लेखाजोखा रहेन । बस्, आज घर आउँदा भतिजो र बुबा खुसी थिए । भाउजूको आँखामा भने खासै चमक थिएन । सायद उनको विधवा जीवनले कोही आउनु र जानुको औचित्य देख्न छाडेको थियो ।

“बुबा घरमा मेरो अन्तिम रात हो,” क्रान्तिमा हिँड्नुभन्दा अघिल्लो दिन यसै भनेको थियो ।

“भोलि कहाँ जान्छस् तिनै बन्दुकेहरूसँग रु”

“तिनीहरू बन्दुके हैनन् बुबा, देश र मुक्तिका लागि लड्ने क्रान्तिकारी हुन् ।”

“खै के हुन्, म त तिमेरको कुरा पनि राम्ररी बुझ्दिनँ ।”

सायद उनी छोरालाई मनाउने सोचमा थिएनन् । तैपनि अन्तिम अस्त्र भने प्रहार गरे, “तेरै भविष्य हो क्यारे, राम्ररी सोच् । मैले त के भन्नु अब रु पछि बेलैमा बुबाले सम्झाएन चैँ नभन् ।”

“यो मेरो मात्र भविष्य हैन बुबा, सिङ्गो देशको भविष्य हो ।”

भाउजूले पनि सम्झाउन खोजिन् । तर, भाउजूको प्रयास पनि अँध्यारोमा हानेको झट्टीसरह मात्र भयो । भोलिपल्ट गाउँबाट विद्रोही हुनेमा उसको नाम पनि थपिएको थियो । सायद, उसको यो निर्णयमा एकरत्ति चित्त बुझेको थिएन बुबाको । तसर्थ, भोलिपल्ट ऊ हिँड्दा बुबा घरबाट बाहिर निक्लेनन् ।

कहिलेकाहीँ लुकीछिपी घर आउँथ्यो । ऊ क्रान्तिमा लागेको छ–सात महिनापछि युद्धविराम भयो । यो बेलासम्ममा ऊ क्रान्तिको महङ्खवका बारेमा अझ सिलसिलेवार र प्रभावकारी ढङ्गले बोल्ने भएको थियो । यही अवधिमा उसले सैन्य तालिम लियो । दुईपल्ट दोहोरो भीडन्तको सामना गर्‍यो । एउटा सेनाको क्याम्प आक्रमणमा सहभागी भयो ।

ऊ घर आउँदा दाइ पनि घर आएको थियो । सायद युद्धविराममा दाइले आफूलाई खतराको जालोबाट बाहिर पाएको थियो । दाजु र भाइको बाटो १ सय ८० डिग्रीको अन्तरमा थियो । संवाद र सल्लाहको कुनै औचित्य थिएन । तर, दाइ हुनुको नाताले दीपकलाई सम्झाउन खोज्यो ।

“तँ अब पार्टी पार्टी नभन्, छोडेर आइज । बुबालाई कति पीर छ भन् त रु”

“बुबालाई पीर त छ, तर बुबाले पनि क्रान्ति सफल भएको दिन बुझ्नुहुनेछ ।”

“के बुझ्नुहुन्छ रु”

“मेरो छोरा महान् लक्ष्य लिएर हिँडेको थियो भन्ने कुरा ।”

“उद्देश्य त सबैको ठूलै हुन्छ तर ।।।। ।”

“तर, उद्देश्य पूरा हुँदैन । त्यही भन्न खोज्नुभएको हैन रु”, दाइको वाक्यांशलाई आफैँले पूरा गरिदियो, “तर, हाम्रो उद्देश्य पूरा हुन्छ दाइ, किनकि हाम्रो पछि पूरै नेपाली जनता छन् ।”

“मलाई त त्यस्तो लाग्दैन, बरु तँ पार्टी छाडेर आइज । म तँलाई सेनामै भर्ना गर्ने व्यवस्था मिलाउँछु, आखिर मर्नै छ भने ।।। ।”

फेरि दाइको बोली पूरा हुन दिएन, “दाइ, तपाईंजस्तो जीविकोपार्जन गर्न सामन्तीका लागि लडाइँ लड्दिनँ । मलाई थाहा छ, तपार्इं मर्दा सात लाख आउँछ, म मर्दा एक पैसा आउँदैन । तर, तपाईं सामन्तीका लागि मर्नुहुन्छ जो गरिबको खून, पसिना तपाईंको मृत्युमा थोरै खर्चिन्छन् । म देश र जनताको मुक्तिका लागि लड्छु र मर्छु ।”

“तँ धेरै बोल्न जान्ने भइछस्,” उसले भाइलाई सम्झाएर नलाग्ने बुझिसकेको थियो, “बाँचेर आइज, तँ छस् भने हाम्लाई नि खुसी लाग्छ ।”

 

केही दिनपछि दाजु क्याम्पमा फर्किसकेको थियो, भाइ सुदूर गाउँमा क्रान्तिकारी दर्शन छर्दै थियो । बेलामौकामा घर आउँथ्यो । तर, घरका कसैले उसलाई सम्झाउँदैनथे । गाउँले उसको कुरामा सही मात्र थाप्थे । ऊ घर आउँदा भतिजोचाहिँ खुसी हुन्थ्यो, सायद उसलाई काका क्रान्तिमा लागेको अझै थाहा थिएन ।

एक दिन त्यही थोत्रो रेडियोमा क्रान्तिकारी र सरकारबीचको वार्ता भाँडिएको समाचार गुन्जियो । बूढा बा आफ्ना दुई छोरालाई सम्झेर रातभरि निदाउन सकेनन् । दीपक, सुरम्य दर्शनको नारासँगै अझ दुस्साहसी भएको थियो । उसलाई मृत्युको कुनै फिक्री थिएन । हत्या होस् या मृत्यु, त्यो देश र जनताका नाममा हुनुपर्छ । त्यो जायज हुनुपर्छ । उसको बटमलाइन त्यही थियो । उता बेलामौकामा जेठो छोरा सकुशल रहेको खबर आउँथ्यो ।

युद्धविराम भाँडिएपछिको तेस्रो भीडन्त दीपकले चित्रेभीरमा सामना गर्नुपर्‍यो । ऊ साथी मरेकोमा दुःखी थियो भने आफू बाँचेकोमा खुसी । युद्ध थामिएपछि सहादतप्राप्त साथीलाई पुरेर पाँच घन्टा परको गाउँमा पुग्यो । यो सुरक्षित ठाउँ थियो । उसको घाउमा थोत्रो कपडाले जडीबुटी थमाएको थियो ।

सुरक्षित छौँ भन्ने लागेपछि कमान्डर बोल्न थाल्यो, “आज जुन बहादुरीको साथ तपाईंहरूले लड्नुभो, त्यो क्रान्तिकारी इतिहासमा सुनौलो अक्षरले लेखिनेछ र यसले सामन्तीलाई पराजयको पाठ सिकाउनेछ ।”

तीन महिनापछि घर आउँदा भाउजूको सेतो पहिरन र बुबाको उदास आँखाले बताइरहेको थियो कि अब दाजु रहेनन् । उसले केही बोलेन । बुबा र भाउजूले पनि केही बोलेनन् । भतिजो पनि पहिलेजस्तो चञ्चले थिएन । रातभरि तर्कना गरिरह्यो । साउनको रात, झ्याउँकीरीको आवाजले उसलाई बिथोलिरह्यो । दाइसँग भएका अन्तिम संवाद सम्झ्यो । बुबा र भाउजूसँग दाइको मृत्युबारे जानकारी लिने सामर्थ्य राखेन ।

एकनासको ताली छुट्यो । कमान्डरको भाषण सुन्न जम्मा भएका वरिपरिका मान्छेले पनि आफ्नो हत्केलामाथि हत्केला खापिरहेका थिए । केटाकेटीहरूलाई भने ठूलो तमासा भएको थियो । उनीहरू डिलडिलमा उभिएर आँखा तानिरहेका थिए ।

तीन महिनापछि घर आउँदा भाउजूको सेतो पहिरन र बुबाको उदास आँखाले बताइरहेको थियो कि अब दाजु रहेनन् । उसले केही बोलेन । बुबा र भाउजूले पनि केही बोलेनन् । भतिजो पनि पहिलेजस्तो चञ्चले थिएन । सायद आफू टुहुरो हुनुको आभास भयो उसलाई ।

रातभरि तर्कना गरिरह्यो । साउनको रात, झ्याउँकीरीको आवाजले उसलाई बिथोलिरह्यो । दाइसँग भएका अन्तिम संवाद सम्झ्यो । बुबा र भाउजूसँग दाइको मृत्युबारे जानकारी लिने सामर्थ्य राखेन । भोलिपल्ट बिहानै गएर छिमेकको साथीलाई सोध्यो ।

“दाजु बितेको कति भो साहिँला रु”

सधैँ घाँसदाउरा गर्दागर्दा खिरिलो भएको तीनवटा औँला देखायो साहिँलाले । उसका हातका औँला र कुर्कुच्चा नराम्ररी फुटेका थिए । कपाल लहरेपीपलको जराझैँ लट्टिएको थियो ।

तीन महिना भन्दा उसको मस्तिष्क नराम्ररी थर्कियो । अन्तिमपल्टको भीडन्त सम्झ्यो । मस्तिष्कमा अनेक थरी तर्कना आए ।

“कुन ठाउँमा त्यस्तो भएछ रु”

“त्यो त राम्रो था’ छैन । चित्रेभीर कि के भन्थे, अरू पनि धेरै मारिए रे ।”

उसको दिमागमा नराम्ररी भूकम्प जान थाल्यो । ऊ केही नबोली चुपचाप त्यहाँबाट हिँड्यो ।

रातभरि पिरोलिरह्यो र भोलिपल्ट बिहानै कार्यक्षेत्र फर्कियो । त्यसपछिका दिनमा पनि अरू युद्ध लड्यो । दाइको मृत्युको खबर मिल्ने साथीहरूलाई सुनायो । उनीहरूले देश र जनता सम्झँदै दाइको मृत्युशोकलाई भुल्नुपर्ने सल्लाह दिए । बिस्तारै राजनीतिका जटिल मोडहरू आए, तर ऊ लडिरह्यो ।

राजनीतिक निर्णयअनुसार युद्धविराम भयो । भूमिगत नेताहरू सहरमा छाए । ऊ क्यान्टोनमेन्टमा कैद भयो । शिविरमा पनि सपना देख्न छाडेन, तर त्यहाँबाट अयोग्यको बिल्ला भिराएर बिदाइ गरियो ।

बुबाले सबैलाई दसैँका पुराना सम्झना सुनाए र आफैँ उदासिए । भाउजूको मुहारमा पनि उदासी छचल्कियो । आज पनि बुबा र भाउजू दुवैले चित्रेभीरका क्रान्तिकारीसँग नराम्ररी दुःखेसो पोखे ।

उसले केही बोल्न सकेन । उसलाई पनि थोत्रो रेडियोमा बजेको मङ्गल धुनले पोहोर सालको दसैँ र चित्रेभीरको भीडन्त सम्झाइरह्यो ।

रुमानी साँझबाट

प्रकाशित मितिः बिहिबार, अशोज २८, २०७८     8:27:49 AM  |