मिसन संवाददाता
कोहलपुर, २९ जेठ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले विद्युत् कटौती र सडक स्तरोन्नतिको विषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यधिक गर्मीका कारण बाँकेमा जनजीवन प्रभावित भएकाले विद्युत् कटौती रोक्न माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई अनेरास्ववियु बाँकेले ज्ञापनपत्र बुझाएको हो ।
अध्यक्ष प्रकाश विकद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा आमनागरिकको सुरक्षासँग जोडिएका सडकको स्तरोन्नतिको पनि माग गरिएको छ । पटकपटक विद्युत् कटौती हुँदा प्रत्यक्ष प्रभाव समुदायमा पर्ने र नेपालगन्ज उपमहानगरपालिकाभित्र भर्खरै निर्माण भएको जमुनाहादेखि राँझासम्मको सडक स्तरोन्नति असफाल्ट प्रविधिको पिच बनिनसक्दै ठाँउठाँउमा भत्काउने र टाल्ने काम भइरहेको प्रति संठगनको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विकले बताए ।
ज्ञापनपत्रमा भनिएको छ, ‘बाँके नेपालकै सबैभन्दा गर्मी हुने ठाँउ हो । गर्मीका कारण जनजीवनमा प्रत्यक्ष असर परिरहेको छ । यस्तो विषम परिस्थितिमा पनि पटकपटक विद्युत् कटौती हुन्छ । यो राम्रो होइन ।’









प्रतिक्रिया दिनुहोस्