कोहलपुरबाट सात जुवाडे पक्राउ



कोहलपुर/  जुवा तास खेलिरहेको अवस्थामा कोहलपुरबाट सात जना जुवाडे पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले कोहलपुर नगरपालिका वडा नं. २ शिव मन्दिबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए ।

उनीहरुको साथबाट ५० हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको समेत घिमिरेले बताए । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा रााखिएको प्रहरीले जनाएको छ ।

पहिले देखिनै सो ठाँउमा जुवा खेल्ने गरेको र पटक पटक सम्झाउँदा कुनै वास्ता नगरेको प्रहरीले जनाएको प्रहरी निरीक्षक घिमिरेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १७ गते शनिबार