नेपालगञ्जर, ११ मंसिर/ नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजना तथा जुनियर रेडक्रस सर्कल सरस्वती माविको आतिथ्यमा मानवता, रेडक्रस जुनियर÷युवा विषयक जिल्ला स्तरीय कविता प्रतियोगिता नेपालगन्जमा सम्पन्न भएको छ ।
प्रतियोगिताको शुभारम्भ सत्रमा कार्यक्रमका प्रमुख अतिथि एवं सरस्वती मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र वर्नवालले रेडक्रसले मानवीय पीडालाई कम गर्न हरेक वर्गलाई समेटेर कार्य गर्दै आएको भन्दै प्रंशसा गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले यस विद्यालयमा आपूm शिक्षक नायक भएर कार्य गरेको अनुभव सुनाउदै बालबालिकाहरुको अध्ययनका साथै अतिरिक्त क्रियाकलापबाट मानवीय भावनाको विकास गर्नका लागि यस्ता प्रकारको प्रतियोगिताहरु आयोजना हुने गरेको बताइन् ।
प्रतियोगितामा २९ वटा जुनियर रेडक्रस सर्कल विद्यालयको सहभागिता रहेको थियो । अतिथ्य सर्कलका विद्यार्थीहरुले कार्यक्रमको बीच बीचमा नृत्य प्रस्तुत गरी रमाइलो गरेका थिए भने अन्य शिक्षक र विद्यार्थीहरुले कविता पनि सुनाएका थिए ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समितिका सहसंयोजक यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके सभापति गोवर्धन सिंह सम्झना, उपकोषाध्य राकेशबहादुर श्रीवास्तव, शाखाका कार्यालय प्रमुख निरञ्जना मल्ल, नेरेसो बाँकेबगिया उपशाखाका सभापति श्यामबहादुर के.सी., सचिव विष्णुप्रसाद सुवेदी, नि.प्र.अ. शैलेन्द्रनाथ सापकोटा, विद्यालय व्यवस्थापन समिति सदस्य ज्ञानु श्रेष्ठ लगायत जुनियर रेडक्रस सर्कलका शिक्षक नायक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्