खजुरा (बाँके) ।
बाँकेको खजुरामा जारी रिद्धिसिद्धि खजुरा तीज आइडल सिजन २ को उपाधि नेपालगन्ज की कुसुम राईले जितेकी छिन् । राधापुर सामुदायिक सिकाइ केन्द्र जलपोखरी खजुराको आयोजनामा शनिबार भएको रिद्धिसिद्धि खजुरा तीज आइडलको फाइनलमा नेपालगन्जकी राईले उपाधि जितेकी हुन् । ‘रिद्धिसिद्धि खजुरा तीज आइडल २०८२’ सिजन २ फाइलनमा १० जना प्रतियोगीहरूले प्रस्तुति दिएका थिए ।
फाइनल राउण्डमा भाग लिएकाहरूमध्ये फस्र्ट रनर अप पूजा आले, सेकेन्ड रनर अप आकृति राना घोषित भए । प्रतियोगितामा विभिन्न टाइटल विजेता ७ जना सहभागिहरूलाई विभिन्न पुरस्कारले पुरस्कृत गरिएको थियो । आईडल हुनेले ४ आनाको १ नम्बर सुनको लकेट र मिनि हार, फस्र्ट रनर अप ३ आनाको हार र लकेट, सेकेन्ड रनर अपलाई २ आनाको सुनको लकेट र बाँकी ७ जनालाई पनि १÷१ आनाको सुनको लकेट टाइटल स्पोन्सर श्री रिद्धिसिद्धि ज्वैलर्सका पोपाइटर राजु सोनी र उनका धर्मपत्नी पूनम सोनीले प्रदान गरे ।
त्यसैगरी आयोजकले खजुराका ५÷५ जना सफल महिला र पुरुषलाई सम्मानसमेत गरेको थियो । खजुराको बहुउद्देश्यीय सभाहलमा भव्यताका साथ सम्पन्न गरिएको थियो । राधापुर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको कार्यक्रममा अडिशन, मेघा राउण्डबाट छनोट भएकाहरूलाई अभिमुखीकरण गराइएको थियो ।
प्रतियोगीहरूलाई अभिमुखीकरणबाट फाइनल राउण्डमा आफ्नो प्रस्तुति कसरी दिने भन्नेबारेमा सिकाइ प्रदान गरिएको सिकाइ केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए । प्रतियोगितामा टप १० भित्र पर्ने सबैले फाइनल राउण्डमा प्रस्तुति दिएका थिए । कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वरिष्ठ उद्योगी व्यवसायी प्रदिप छाछेड, निवर्तमान उपाध्यक्ष एकमाया विक लगायतले शुभकामना दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्