शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । तीमध्ये नेपालमा दलित जनसङ्ख्या ३८ लाख ९८ हजार ९ सय ९० छ । जसमध्ये पुरुषको कूल जनसङ्ख्या १८ लाख ६९ हजार ४३९ र महिलाको जनसङ्ख्या २० लाख २९ हजार ५५१ जना रहेको राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिशत २०८२ साउन ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेका थिए । प्रतिवेदनमा उल्लेख गरिएअनुसार नेपालको कूल साक्षरता ७६.२ प्रतिशत रहेको छ भने दलित समुदायको कूल साक्षरता ६७.४ प्रतिशत रहेको छ ।
प्रदेशगत रूपमा साक्षरता प्रतिशत हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै दलित समुदाय साक्षर छन् । मधेश प्रदेशमा दलित समुदायको साक्षरता प्रतिशत ७७.९ प्रतिशत र कर्णााली प्रदेशमा ४९.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जुन नेपालमै सबैभन्दा धेरै र सबैभन्दा कम सारक्षता प्रतिशत हो । देशभरका सात प्रदेशमध्ये मधेश प्रदेशमा कूल दलित समुदायको जनसङ्ख्या १० लाख ६ हजार ९२९ जना रहेको छ । तीमध्ये ४ लाख ९९ हजार ६०६ जना पुरुष र ५ लाख ७ हजार ३२३ जना महिला रहेका छन् । सबैभन्दा कम साक्षरता प्रतिशत भएको कर्णाली प्रदेशमा दलित समुदायको कूल ३ लाख ९६ हजार २३५ जना रहेको छ । जसमध्ये पुरुषको जनसङ्ख्या १ लाख ९० हजार ६१९ जना र महिलाको सङ्ख्या २ लाख ५ हजार ६१६ जना रहेको छ ।
राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदनअनुसार कोशीमा ७६.४ प्रतिशत दलित समुदाय साक्षर छन् । कोशीमा दलित समुदायको कूल जनसङ्ख्या ४ लाख ८१ हजार ५४७ रहेको छ । तीमध्ये २ लाख ३३ हजार ३९५ पुरुष र २ लाख ४८ हजार १५२ जना महिला रहेका छन् । लुम्बिनी प्रदेशमा ७३.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा दलित समुदायको साक्षरता ७२.३ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा दलित समुदायको जनसङ्ख्या ७ लाख ३५ हजार १५० जना रहेको राष्ट्रिय दलित आयोगले जनाएको छ । लुम्बिनीमा ३ लाख ४५ हजार २२४ समय र ३ लाख ८९ हजार ९२६ जना महिला रहेका छन् । यस्तै सुदूरपश्चिममा दलित समुदायको कूल जनसङ्ख्या ४ लाख ७१ हजार ७७४ रहेको छ । तीमध्ये २ लाख १५ हजार ९६८ पुरुष र २ लाख ५५ हजार ८०६ जना महिला रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, बागमती प्रदेशमा ७२.४ प्रतिशत र गण्डकी प्रदेशमा ७०.० प्रतिशत साक्षरता रहेको छ ।
कूल ३ लाख ५९ हजार ५११ जना दलित समुदायको जनसङ्ख्या रहेको बागमतीमा १ लाख ७७ हजार ३३१ जना पुरुष र १ लाख ८२ हजार १८० जना महिला रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कूल २ लाख ७ हजार २९६ जना पुरुष र २ लाख ४० हजार ५४८ जना महिला रहेको गण्डकी प्रदेशमा दलित समुदायको कूल जनसङ्ख्या ४ लाख ४७ हजार ८४४ जना रहेको छ । दलित समुदायको सबैभन्दा धेरै सारक्षता भएका उत्कृष्ट पाँच जिल्लाहरूमध्ये ताप्लेजुङमा ७९.७, संखुवासभामा ७६.८, सोलुखुम्बुमा ७२.६, ओखलढुंगामा ६९.९ र खोटाङमा ७१.२ प्रतिशत दलित समुदाय साक्षर रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्