एनपिएल अक्सन : चार खेलाडीलाई सर्वाधिक मूल्य



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ‘ए’ क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रूपैयाँँमा अनुबन्ध भएका छन् । २६ खेलाडी अक्सनबाट अनुबन्ध भएका छन् । अझै केही टोलीहरूले आफ्नो स्लट पूरा गर्न बाँकी रहेकाले अब विश लिस्टबाट टिमहरूले खेलाडी छान्ने छन् ।
काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न भएको छ । अक्सनबाट ‘ए’ क्याटेगोरीमा रहेका ९ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रूपैयाँँमा अनुबन्ध भएका छन् ।
‘ए’ क्याटेगोरीका देव खनाल सबैभन्दा पहिले अनुबन्ध भएका थिए । उनलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको लक्की ड्र बाट चितवनले अनुबन्ध गर्न सफल भयो ।

त्यस्तै अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि लक्की ड्र मा चितवन भाग्यमानी साबित भयो । पहिलो सिजनमा चोटका कारण अक्सनमै समावेश नभएका पवन सर्राफमाथि ४ टोलीले बोली लगाएका थिए । उनलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको लक्की ड्र बाट कर्णालीले अनुबन्ध ग¥यो ।

सबैभन्दा व्यग्र प्रतीक्षामा रहेका आदिल आलममाथि ८ वटै टोलीले बोली लगाएका थिए । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रूपैयाँँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।

त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रूपैयाँँमा अनुबन्ध भए । ‘ए’ क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध भए । २६ खेलाडी अक्सनबाट अनुबन्ध भइसकेका छन् । अझै केही टोलीहरूले आफ्नो स्लट पूरा गर्न बाँकी रहेकाले अब विश लिस्टबाट टिमहरूले खेलाडी छान्ने छन् ।

कुन टोलीमा को खेलाडी ?

१. चितवन राइनोज : देव खनाल, अर्जुन साउद
२. विराटनगर किङ्स : सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी
३. लुम्बिनी लायन्स ः दिलिप नाथ, विशाल पटेल, शेर मल्ल
४. सुदूरपश्चिम रोयल्स ः हेमन्त धामी, टेक रावत, दिपेन्द्र थापा
५. काठमाडौँ गोर्खाज ः उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी
६. पोखरा एभेन्जर्स ः अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल
७. जनकपुर बोल्ट्स ः सचिन भट्ट, आदित्य महता, मयन यादव
८. कर्णाली याक्स ः पवन सर्राफ, इमरान शेख, दिपक डुम्रे, युवराज खत्री

बिक्री भएका खेलाडी

१. देव खनाल ः चितवन राइनोज –१५ लाख रूपैयाँ) (चितवन र लुम्बिनीको लक्की ड्र)
२. दिलीप नाथ ः लुम्बिनी लायन्स –१० लाख रूपैयाँ
३. हेमन्त धामी ः सुदूरपश्चिम रोयल्स – १० लाख रूपैयाँ (चार टोलीको लक्की ड्र)
४. सूर्य तामाङ ः विराटनगर किङ्स – १० लाख रूपैयाँ
५. अर्जुन साउद ः चितवन राइनोज – १५ लाख रूपैयाँ (लक्की ड्र)
६. टेक रावत ः सुदूरपश्चिम रोयल्स – २ लाख रूपैयाँ
७. शाहिल पटेल ः विराटनगर किङ्स – ५ लाख रूपैयाँ
८. उत्तम थापा मगर ः काठमाडौँ गोर्खाज – ३ लाख रूपैयाँ
९. पवन सर्राफ ः कर्णाली याक्स – १५ लाख रूपैयाँ (लक्की ड्र)
१०. अभिषेक तिवारी ः पोखरा एभेन्जर्स – २ लाख रूपैयाँ
११. सचिन भट्ट ः जनकपुर बोल्ट्स – २ लाख रूपैयाँ
१२. अर्जुन कुमाल – पोखरा एभेन्जर्स – ५ लाख रूपैयाँ
१३. दिपेन्द्र थापा ः सुदूरपश्चिम रोयल्स– २ लाख रूपैयाँ
१४. विशाल पटेल ः लुम्बिनी लायन्स – ५ लाख रूपैयाँ
१५. आदित्य महता ः जनकपुर बोल्ट – ५ लाख रूपैयाँ
१६. तुलबहादुर थापा ः काठमाडौँ गोर्खाज– २ लाख रूपैयाँ
१७. सन्तोष यादव ः काठमाडौँ गोर्खाज – १० लाख रूपैयाँ
१८. कृष्ण पौडेल ः पोखरा एभेन्जर्स– २ लाख रूपैयाँ
१९. मयन यादव ः जनकपुर बोल्ट्स– ७ लाख ४५ हजार रूपैयाँ
२०. नारायण जोशी ः विराटनगर किङ्स – ५ लाख रूपैयाँ
२१. इमरान शेख ः कर्णाली याक्स – २ लाख रूपैयाँ
२२. आकाश त्रिपाठी ः काठमाडौँ गोर्खाज– ७ लाख रूपैयाँ
२३. दिपकप्रसाद डुम्रे ः कर्णाली याक्स – २ लाख रूपैयाँ
२४. आदिल अन्सारी ः काठमाडौं गोखार्ज – १५ लाख रूपैयाँ
२५. युवराज खत्री ः कर्णाली याक्स – १० लाख रूपैयाँ
२६. शेर मल्ल ः लुम्बिनी लायन्स– १० लाख रूपैयाँ

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार