दाङ, ९ मंसिर/ दाङलाई प्रदेश नं.५ को राजधानी बनाउन आफू लागि परेको नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले बताएका छन् ।
रिपोर्टर्स् क्लब दाङले शुक्रबार घोराहीको कर्जाइमा गरेको साक्षात्कारमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महराले प्रदेश नम्बर–५ को राजधानी दाङमै हुने दाबी गर्दै दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा विकास गर्ने उद्घोष गरे ।
उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले दाङलाई पर्यटनको हबका रुपमा विकास गर्न रारासम्म सडक विस्तार गरिने बताए । उनले दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्ने दाबी गर्दै दाङ हरेक हिसाबले सबल जिल्लाका रुपमा विकास गर्न सकिने सम्भावनायूक्त जिल्ला भएकोले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा समेत गरे ।








प्रतिक्रिया दिनुहोस्