कोहलपुर (बाँके) ।
यातायात व्यवस्था कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१–०८२ को साउनदेदेखि हालसम्ममा करिब ७५ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षको साउनदेखि चालू आवको बुधबारसम्म कूल ७४ करोड ९२ लाख ३५ हजार ६९० रूपैयाँँ ५ पैसा राजस्व संकलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा कूल ६९ करोड ६३ लाख ९ हजार १६७ रूपैयाँँ राजस्व संकलन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०८०–०८१ को भन्दा गत आर्थिक वर्ष २०८१–०८२ मा राजस्व संकलनमा ५ करोड २९ लाख २६ हजार ५२३ रूपैयाँँले बढी हो ।
आर्थिक वर्ष २०८०–०८१ मा कूल ६३ हजार २ सय रूपैयाँँ बेरुजु रहेको कार्यालयका लेखा अधिकृत दिनेशसिंह ठाकुरले बताए । उनका अनुसार गत आर्थिक वर्षको बेरुजु १ लाख ७२ हजार ६७३ रूपैयाँँ ७४ पैसा रहेको छ । कार्यालयले विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । लेखा अधिकृत ठाकुरले विभिन्न ९ वटा शीर्षकमा कार्यालयले राजस्व संकलन गर्दै आएको बताए । ती शीर्षकहरूमा समेत अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा राजस्व संकलनमा वृद्धि भएको कार्यालयको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१–०८२ मा सवारी साधन कर शीर्षकमा जेठ महिनासम्म कूल ४७ करोड, ७० लाख २६ हजार ९४७ रूपैयाँँ संकलन गरेकोमा असार महिनामा मात्रै ३ करोड, ४६ लाख ४५ हजार १८५ रूपैयाँँ संकलन गरेको लेखा अधिकृत ठाकुरले बताए । गत आवको कूल राजस्वसमेत जोडेर चालू आवको हालसम्म ५१ करोड १६ लाख ७२ हजार १३२ रूपैयाँँ राजस्व संकलन भएको उनले बताए । सवारीसाधन कर शीर्षकमा कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा कूल ४६ करोड १० लाख ९३ हजार ७९० रूपैयाँँ राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०८०–०८१ मा अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा कूल ४ लाख ६८ हजार २९० रूपैयाँँ राजस्व संकलन गरेको कार्यालयले गत आवसहित चालू आवको हालसम्म कूल १ लाख ३४ हजार ९६० रूपैयाँँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको जेठ महिनासम्म ६ करोड ६६ लाख ३५ हजार ८१७ रूपैयाँँ राजस्व संकलन गरेको कार्यालयले असार महिनामा मात्रै ८५ लाख ९२ हजार ८७० रूपैयाँँ राजस्व संकलन गरेको थियो । सवारी नवीकरण शीर्षकमा गत आवको असार महिनासम्ममा संकलितसहित चालू आर्थिक वर्ष २०८२–०८३ को हालसम्म कूल ७ करोड ५२ लाख २८ हजार ६८७ रूपैयाँँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
जबकि आर्थिक वर्ष २०८०–०८१ मा सोही शीर्षकमा कार्यालयले वार्षिक कूल १० करोड ७७ लाख १७ हजार ९३८ रूपैयाँँ राजस्व संकलन गरेको थियो । सवारी चालक अनुमतिपत्र शीर्षकमा आर्थिक वर्ष २०८२–०८३ को हालसम्म कूल १० करोड ४९ लाख ४९ हजार ६९६ रूपैयाँँ राजस्व सकंलन भएको छ । गत आव २०८१–०८२ को असार महिनामा मात्रै सो शीर्षकमा ४७ लाख ६६ हजार ५ सय रूपैयाँँ राजस्व संकलन गरेको थियो । उक्त आवको जेठ महिनासम्मको कूल राजस्व संकलन १० करोड १ लाख ८३ हजार १९३ रूपैयाँँ रहेको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा सवारी चालक अनुमतिपत्र शीर्षकमा कूल ७ करोड ६२ लाख ८४ हजार रूपैयाँँ राजस्व संकलन गरेको लेखा अधिकृत ठाकुरले बताएका छन् । कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा यातायात क्षेत्रको आम्दानी शीर्षकमा कूल १ करोड ७७ लाख १५ हजार ९३८ रूपैयाँँ राजस्व संकलन गरेको थियो । गत आव २०८१–०८२ को जेठ महिनासम्म १ हरोड ८६ लाख ६९ हजार १२२ रूपैयाँँ राजस्व संकलन गरेको र असार महिनामा मात्रै १८ लाख ५८ हजार ९ सय रूपैयाँँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यातायात क्षेत्रको आम्दानी शीर्षकमा गत आवको कूलसहित चालू आवको हालसम्म जम्मा २ करोड ५२ लाख ८ हजार ८ सय २० रूपैयाँँ राजस्व संकलन गरेको छ ।
यसैगरी संघीय सञ्चित कोषमा जम्मा हुने आयकर चालू आवको हालसम्म ३ करोड १० लाख १८ हजार ६७४ रूपैयाँँ ३१ पैसा संकलन भएको लेखा अधिकृत ठाकुरको भनाइ छ । सो शीर्षकमा गत आव २०८१–०८२ को जेठ महिनासम्म २ करोड ८८ लाख ५ हजार ७६२ रूपैयाँँ ३१ पैसा संकलन गरेको छ । असार महिनामा मात्रै आयकर २२ हजार १२ हजार ९१२ रूपैयाँँ राजस्व संकलन गरेको थियो । कार्यालयले आर्थिक वर्ष २०८०–०८१ मा कूल २ करोड ९१ लाख ३७ हजार २१२ रूपैयाँँ ६ पैसा आयकर संकलन गरेको थियो । यसैगरी, प्रशासनिक दण्ड जरिवाना र जफत शीर्षकमा चालू आवको हालसम्म कूल ५७ हजार ६ सय रूपैयाँँ राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा सो शीर्षकमा ४० हजार रूपैयाँँ राजस्व संकलन भएको थियो । संघीय सञ्चित कोषमा जम्मा हुने सडक दस्तुर शीर्षकमा आर्थिक वर्ष २०८०–०८१ मा कार्यालयले कूल ३७ लाख ७२ हजार ५ सय रूपैयाँँ राजस्व संकलन गरेको थियो । गत आव २०८१–०८२ को जेठ महिनासम्म ४९ लाख ८७ हजार ६ सय रूपैयाँँ राजस्व संकलन गरेको कार्यालयले असार महिनामा मात्रै ४ लाख ८३ हजार ७५० रूपैयाँँ राजस्व संकलन ग¥यो । चालू आवको हालसम्म कूल ५४ लाख ७१ हजार ३५० रूपैयाँँ राजस्व संकलन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्