वीरेन्द्रनगर क्षेत्रमा सीसीटिभी क्यामरा जडान गरिँदै



सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौतापनि भएको छ । उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सीसीटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसीटिभी क्यामरा जडान गरिने उल्लेख छ ।

सुर्खेत ।

कर्णाली प्रदेश राजधानी सहर हो, सुर्खेतको वीरेन्द्रनगर । जहाँ वीरेन्द्रनगर नगरपालिका रहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा पछिल्लो समय चोरी र अपराधका घटना बढ्दै जान थालेका छन् । यहाँको स्थानीय सरकारले अब वीरेन्द्रनगरलाई सीसीटिभी क्यामराको निगरानीमा राख्ने तयारी गरेको छ । नगरपालिकाले वीरेन्द्रनगरका ३५० स्थानमा सीसीटिभी क्यामरा जडानको तयारी थालेको हो ।

बढ्दो आवादी, मौलाउँदो अपराध र असुरक्षालाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले अपराध नियन्त्रण तथा अनुुसन्धानमा सहयोग पुु¥याउन सीसीटिभी क्यामरा जडान गर्न लागेको हो । नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सीसीटिभी क्यामरा जडानको प्रक्रिया सुरु भएको छ । योसँगै वीरेन्द्रनगरको अपराध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने अपेक्षा गरिएको छ । बिहीबारदेखि नगरपालिकाले विभिन्न स्थानमा सीसीटिभी क्यामरा जडानको प्रक्रिया थालेको हो ।

सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौतापनि भएको छ । उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सीसीटिभी क्यामरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सीसीटिभी क्यामरा जडान गरिने उल्लेख छ ।

वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकासँग भएको समझदारीपत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सीसीटिभी क्यामरा र ‘वाइफाई हटस्पट’ जडान गर्नुपर्ने छ । ‘नगरपालिकालाई डिजिटल पालिकाका रूपमा विकास गर्न लागेका छौँ । यसका लागि नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्ति सुरक्षा र अमनचैन कायम गर्ने उद्देश्य छ । त्यसैले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालू आर्थिक वर्ष सबै स्थानमा सीसीटिभी क्यामरा जडान हुनेछन्,’ नगर प्रमुख ढकालले मिसन टुडेसँग भनिन् ।

यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा आउनेछन् । त्यसको लागि टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनेछ । साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरिका दुई स्थानमा वाइफाइ हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । नगरका विभिन्न क्षेत्रमा जडान हुने सीसीटिभी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्नेछ । भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले चौबिसै घण्टा निगरानी गर्नेछ । तर नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मतसम्भार गर्ने जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा सीसीटिभी क्यामरा जडानका लागि ११ लाख ६९ हजार रूपैयाँँ बजेट विनियोजन गरेको छ । टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धान स्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशील तथा नवप्रवद्र्धनात्मक कार्य गर्न निःशूल्क वाइफाइ जडान गर्न लागिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सीसीटिभी क्यामेराबाट शान्ति सुरक्षा मजबुद् बनाउन सघाउ पुग्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार