प्रधानमन्त्री ओली आज कैलाली आउँदै



धनगढी ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने कैलालीको जानकी गाउँपालिकास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको जलविद्युत् उद्घाटन गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच उक्त जलविद्युत् आयोजनाको उद्घाटन गर्न कैलाली आउने भएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दका अनुसार आज प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका ९ मा निर्माण गरिएको सिँचाइ आयोजना उद्घाटन गर्ने भएका हुन् ।

त्यसअघि उनले लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीस्थित कर्णाली नदीमा बनेको रानीजमरा सिँचाइ आयोजनाको मुहान अवलोकन गर्ने कार्यक्रमसमेत तय भएको छ । सो जलविद्युत् आयोजनाबाट १८ महिना पहिलेदेखि नै व्यावसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रशारण लाइनमा जडान भइसकेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार