वैदेशिक रोजगार सचेतनाका लागि होडिङ बोर्ड राखिने



नेपालगञ्ज, ७ मंसिर/  नेपालगन्ज उपमहानगरपालिका तथा स्थानीय गाउँपालिकाका विभिन्न स्थानमा वैदेशिक रोजगारमा जाने व्यक्तिले जान्नै पर्ने कुराहरुको होडिङ बोर्ड राखिने भएको छ ।
सरकारी सुविधा नेपालको सहयोग तथा मावन अधिकारका लागि जनमञ्च नेपालगन्जको साझेदारीमा वैदेशिक रोजगार पीडितहरुको लागि निःशुल्क कानूनी सहायताका साथै आप्रवासी कामदारको न्यायका पहुँच सन्दर्भ परियोजना अन्तर्गत उक्त होडिङ बोर्ड राख्ने सहमति भएको हो ।

जिल्ला सम्मन्वय समिति बाँकेको आयोजनामा भएको सरोकारवालाहरु बीच छलफल कार्यक्रमको आयोजना गरी बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालवालिका कार्यालय परिसर, जिल्ला प्रहरी कार्यालयको गेट नजिकै, जिल्ला प्रशासन कार्यालय परिसर र नेपालगन्ज भन्सार तथा बैजनाथ गाउँपालिकाको कार्यालय, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिकाहरुमा बैदेशिक रोजगारमा जाने व्यक्तिले जान्नै पर्ने कुराहरुको होडिङ बोर्ड राख्ने निर्णय भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ७ गते बिहीबार