मिडिया र निजी क्षेत्रको सहकार्यबारे अन्तक्र्रिया



कोहलपुर ।

‘मिडिया र निजी क्षेत्रको सहकार्य र सम्बन्ध’सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा बाँकेको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मिडिया र निजी क्षेत्रको सहकार्य आवश्यक रहेमा जोड दिए । सञ्चार माध्यम र निजी क्षेत्रका एक अर्काका परिपूरक भएकोमा सबैले जोड दिएका हुन् ।

उक्त अवसरमा बोल्दै मिडिया र व्यवसायीबीचको सम्बन्ध सुमधुर हुन नसकेको बताउँदै दुई पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले बताए । उनले मिडियाहरूको सहकार्य बिना व्यवसायी फस्टाउन र अघि बढ्न नसक्ने बताए । व्यवसाय फस्टाउन मात्र नभई व्यवसायीहरूका मुद्दाहरू र समस्याहरू सरकार समक्ष पु¥याउने पुलको काम मिडिया क्षेत्रको भएको अध्यक्ष धामीले बताए । ‘व्यवसायीहरू कोभिडपछि आर्थिक धरासायी भए ।

राज्यबाट हामीले अपेक्षित सहयोग पाएनौँ । त्यतिबेला मिडियाको साथ पाइयो,’ अध्यक्ष धामीले भने । व्यवसायीहरूको प्रतिनिधित्व गर्दै उनले मिडिया र व्यवसायीहरूकाबीच रहेको खाडल कार्यक्रमले पुरिएको उनले दाबी गरे । सरकार व्यवसायीहरूप्रति गैरजिम्मेवार बनेको उनले गुनासो गरेका थिए । राज्यले निजी क्षेत्रलाई एकपछि अर्का कानुनी झमेला थप्ने काम गरेकाले मिडियाको सहयोग आवश्यक रहेको अध्यक्ष धामीको भनाइ थियो ।

भन्सारदेखि विभिन्न शूल्क वृद्धिले व्यवसायी थप समस्यामा रहेकोले मिडियाहरूले यसलाई सशक्तरूपमा सरकारलाई दवाव दिन आवश्यक रहेकोमा जोड दिइएको थियो । औद्योगिक व्यवसायको ब्राण्ड निर्माण, उत्पादनको प्रचार प्रसार, उपभोक्ता साक्षरता, व्यवसायीप्रति उपभोक्ता विश्वास बढाउन मिडियाको भूमिका रहने नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बताए । उनका अनुसार सहकार्य र समन्वय गरेर अघि बढ्न आवश्यक रहेको छ ।

उद्योग र व्यवसायी राष्ट्रको आर्थिक मेरुदण्ड रहेकाले सञ्चारमाध्यमसँग सहकार्य र समन्वय गरेर सँगसँगै अघि बढ्न जरुरी रहेको अध्यक्ष गिरीको भनाइ थियो । सञ्चार माध्यम समाज परिवर्तन गर्न निजी क्षेत्रसँगै दिगो, विश्वासनीय, जवाफदेही र उत्तरदायी मिडिया बनाउन सुमधुर सम्बन्धका लागि सहकार्य आवश्यक रहेको समेत उनले बताए । मिडियालाई पनि व्यवसायीका रूपमा बुझिदिन र उत्पादनको प्रचारप्रसारमा स्थानीय मिडियासँग सहकार्य गरेर अघि बढ्न उनले आग्रह गरे ।

बाँकेका औद्योगिक, व्यापारिक, पर्यटकीय क्षेत्रका साझा मुद्दा र निजी क्षेत्रका राम्रा अभ्यासका साथै भोगेका समस्या समाधानका लागि मिडियाले समाचार कभरेज गर्न सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । सामाजिक सञ्जालको प्रयोग गर्ने र आफूलाई पत्रकार भनेर विभिन्न आश्वासन दिने अनाधिकृत मिडिया र नक्कली सञ्चारकर्मीबाट व्यवसायलाई पार्ने असरको समाधान गर्न महासंघसँग सहकार्यको आवश्यक रहेको अध्यक्ष गिरीले ओैँल्याएका थिए ।

सहभागीहरूले निजी क्षेत्र मिडियालाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र उद्योग व्यवसायी समस्या पर्दा मात्र मिडिया खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार