गोरखा युनाइटेड पब्लिक स्कुल सामाजिक सुरक्षा कोषमा आवद्ध



कोहलपुर ।

नीजि विद्यालयले पनि सरकारी विद्यालय जसरी शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्न थालेका छन् । विद्यालयमा ध्ययन गराउने शिक्षक र कर्मचारीहरूलाई नीजि विद्यालयहरूले पनि सुरक्षा कोषमा जोड्न थालेका हुन् । कोहलपुर क्षेत्रबाट संस्थागत विद्यालयहरू मध्य गोरखा स्कुलले शिक्षक र कर्मचारीहरूलाई कोषमा आवद्ध गराएकोे सामाजिक सुरक्षा कोष नेपालगन्जका प्रमुख चिरिञ्जीवी न्यौपानेले बताए ।

सरकारले सरकारी, नीजि, प्रतिष्ठान, उद्योग तथा संघ संस्थालाई यस वर्षदेखि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताएको थियो । तर, कार्यान्वयन हुन नसकेकाले यस वर्षदेखि भने सरकारले कडाई गर्ने रणनिती लिएपछि कोषमा आवद्ध हुनेको सङ्ख्या बढिरहेको बताए । बाँके जिल्लाका सरकारी, नीजि, प्रतिष्ठान, उद्योग तथा संघ संस्थाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुने क्रम बढ्दै गएको न्यौपानेले बताए ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल बाँकेमा आवद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई प्याब्सनले आह्वान गरेको थियो । प्याब्सनको साउन २ गते गरेको निर्णय बमोजिम गोरखा स्कुल कोषमा आवद्ध भएको स्कुलका सञ्चालक केशर बहादुर आलेले जानकारी दिए ।

चालू आर्थिक वर्षदेखि स्कुलमा कार्यरत शिक्षक, कर्मचारी र श्रमिकहरूलाई कोषमा आबद्ध हुने व्यवस्था मिलाइएको उनको भनाइ छ । स्कुलमा कार्यरत १ सय २४ जना शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको मिसन टुडेलाई आलेले बताए ।

उनले विद्यालयले मासिक रूपमा २० प्रतिशत र सम्बन्धित शिक्षक कर्मचारीको तलबबाट ११ प्रतिशत कट्टागरि आउने योगफल रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने उनले बताए । कोषमा आवद्ध भए लगत्तै अब चालू आर्थिक वर्षदेखि सुविधा प्रदान गर्ने निर्णय गरेको उनले बताए । अब स्कुलमा आवद्ध शिक्षक र कर्मचारीहरूले दुर्घटना बीमादेखि पेन्सन प्राप्त गर्न सक्ने भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार