‘पुष्पलालले देखेको सपना पूरा गर्ने समय आयो’



कोहलपुर ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले राप्ती सोनारी गाउँपालिका–३ ले वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेकपा एमाले वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पुष्पलालको योगदानलाई उच्च मूल्यांकन गर्नुपर्ने नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संविधान सभा सदस्य देवराज भारले बताए । पुष्पलाल श्रेष्ठले देखेको समाज रूपान्तरणको सपना आजको पुस्ताले पूरा गर्न लागिपर्नुपर्ने उनको भनाइ थियो । उनले अहिले सामाजिक न्याय, समानता र जनताको अधिकारको सुनिश्चितता गर्नुपर्ने बेला रहेको बताए ।

पुष्पलालको सपना साकार पार्न युवाहरुले अध्ययन, संगठन र संघर्षमा सक्रिय भूमिका लिनुपर्नेमा उनले डोज दिए । पुष्पलालले देखाएको वैज्ञानिक समाजवादको बाटो आज पनि उतिकै सान्दर्भिक रहेको बताए । पुष्पलाल स्मृति दिवस केवल कार्यक्रममा मात्र सीमित नभई प्रतिबद्धता नवीकरण गर्ने समय पनि रहेको उनले बताए ।

सो अवसरमा पुष्पलाल श्रेष्ठको जीवन र बिचारमा आधारित छलफल, स्मरण वक्तव्य तथा बिचार आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार