एनआईसी बैंकद्वारा १० लाख बीमा रकम हस्तान्तरण



खजुरा ।

एनआईसी एसिया बैंकले घातक रोग बीमाअन्तर्गत पीडितलाई सो को बीमादाबी रकमबापत दस लाख उपलब्ध गराएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको खजुरा–४ की क्यान्सर पीडित पम्फा तिवारीलाई दस लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

तिवारी विगत केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी छिन् । तिवारीले बैंकको खजुरा शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी छिन् । तिवारीको खातामा उपलब्ध दुर्घटना बीमा बापतको रकम प्रदान गरिएको लुम्बिनी प्रदेश क्षेत्र नम्बर ५ का प्रमुख मनोहर ठगुराठीले बताए ।

उनका अनुसार तिवारीको घरमै पुगेर चेक हस्तान्तरण गरिएको हो । बैंकले लागु गरेको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बण्डल सहज खाता योजनाअन्तर्गत पीडित तिवारीको खातामा उपलब्ध लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको लुम्बिनी प्रदेश क्षत्र नम्बर ५ का प्रमुख ठकुराठीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार