आक्रमक शैलीका साथ लोकतान्त्रिक गठबन्धन चुनावी अभियान



नेपालगञ्ज, ६ मंसिर/  बाँकेमा लोकतान्त्रिक गठबन्धनले आप्mनो चुनावी अभियानलाई थप आक्रामक बनाउँदै प्रचार–प्रसारमा सक्रियता देखाएको छ । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट बाँके क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ (१) का उम्मेदवार चन्तराम थारु र ३ (२) का उम्मेदवार लक्ष्मी नारायण शाहले मंगलबार विहानैदेखि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

मंगलबार जानकी गाउँपालिकाको बेलभार र बैजनाथ गाउँपालिकाको बनकटवा र टिटिहिरियामा मतदातासँग घरदैलो कार्यक्रम सम्पन्न भएका छन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा (१) का उम्मेदवार चन्तराम थारुले संयुक्तरुपमा विहान टिटिहिरियामा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा स्थानवासीहरुले विकास निर्माणको माग गरेका थिए ।

मतदाताहरुको सामुहिक भनाइ थियो, – ‘चुनेर पठाएका नेताहरु फर्किएर नआउने चलन छ, । तपाईहरुले त्यसो नगर्नु होला, जितेर गएपनि आप्mनो गाउँठाउँलाई सम्झने र स्थानीयवासीसँग घुलमेल हुने काम गर्नुहोला ।’ उम्मेदवारहरुसँग स्थानीयहरुले सडक र पुलपुलेसा निर्माणको माग समेत गरेका थिए ।

प्रदेश ३ (२) का उम्मेदवार लक्ष्मीनारायण शाहले आप्mनो निर्वाचन क्षेत्रको विकासका लागि कुनै पनि कसुर बाँकी नराख्ने वताए । ‘अधिकांशको माग सडक र पुलपुलेसा तथा सिंचाइँ सुविधा पाऊ भन्ने नै छ उनले भने,–‘आवश्यकताका आधारमा स्थानीयवासीको मागलाई सम्वोधन गर्न जरुरी छ, मलाई निर्वाचित गरे पुरा गर्ने वचनवद्धता गरेको छु ।’

मंगलबारको घरदैलोमा उत्साहपूर्ण सहभागीता रहेको निर्वाचन परिचालन समितिका संयोजक सिजालीले वताए । प्रजातन्त्र र लोकतन्त्र रहेमात्र मुलुकले विकास र सम्वृद्धि हासिल गर्ने भन्दै त्यसका लागि लोकतान्त्रिक शक्तिलाई जिताउन अपरिहार्य रहेकोमा मतदाताहरु विश्वस्त बन्दै गएको संयोजक सिजालीले वताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार