राप्रपा बर्दियाका प्रत्यक्ष उम्मेद्वार निष्कृय



रावन बिश्वकर्मा : बर्दिया, २ मंसिर/   राष्ट्रिय प्रजातन्त्र पार्टी बर्दियाले प्रत्यक्ष तर्फका उम्मेद्वारहरुको उम्मेद्वारी निष्कृय गर्ने निर्णय गरेको छ ।

शुक्रबार बर्दियाको गुलरियामा भएको पार्टीका जिल्ला पदाधिकारी बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार लोकतान्त्रिक गठबन्धनको मुल मर्मलाई आत्मा साथ गर्दै प्रतिनिधि सभा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिन रोकिएको र प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ ‘क’ मा किष्ण बहादुर चन्द, ‘ख’ मा मगरे गोडिया, क्षेत्र नम्बर २ ‘ख’ मा मणिराम बिष्टको उम्मेद्वारी परेकोमा प्रत्यक्ष तर्फका सबै उम्मेद्वारहरुको उम्मेदवारी निष्कृृय गर्ने निर्णय गरेको छ ।

प्रत्यक्ष तर्फ लोकतान्त्रिक गठबन्धनका नेपाली काँगे्रसका उम्मेद्वारहरुलाई समर्थन गर्ने, समानुपातिक तर्फ राप्रपाको गाई चिह्नमा मतदान गर्न सिंगो पार्टी पङ्क्ती र बर्दियावासी आम मतदातालाई अपिल गर्ने निर्णय गरिएको पार्टीका जिल्ला उपाध्यक्ष लिलाधर शर्माले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २ गते शनिबार