स्थापना दिवसमा आज कोहलपुरले स्थानीय बिदासमेत दिएको छ । नगरपालिकाले स्थापना दिवसका अवसरमा आफ्नो पोशाक र व्यानरमा ¥यालीमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेको छ । दिवसको अवसरमा न्यूरोडस्थित खुला मञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरेर मनाउँदै छ ।
नगरपालिकाले कोहलपुर पिपलचौतारादेखि पञ्चेबाजा र झाँकीसहित ¥याली निकालेर भव्य रूपमा स्थापना दिवस मनाउन लागेको हो । बिहान साढे ६ बजे पिपलचौतारादेखि ¥याली निकालेर न्यूरोडस्थित खुला मञ्चमा आएर कोणसभामा परिणत हुने सचिवालय उपसमिति संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार स्थानीय कला, संस्कृतिको उत्थान, निजी क्षेत्रसँगको साझेदारी र विभिन्न व्यक्तिहरूलाई सम्मान गरेर स्थापना दिवसलाई उत्सवका रूपमा मनाइन लागिएको हो ।
‘हामीले कोहलपुर नगरपालिकाको १२औँ स्थापना दिवस आज भव्यताका साथ मनाउन गइरहेका छौँ, स्थानीय कला संस्कृतिको उत्थान, निजीक्षेत्रको साझेदारी र क्रियाशील व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम आयोजना गरेर मनाउँदैछौँ ।’ उनले भने, ‘त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’
उनका अनुसार यसअघि नै सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । पञ्चेबाजा, टप्पा, थारू, गन्धर्व, मयूर, खाँडो र ख्यालीसहितको स्थानीय मौलिक परम्परा र पहिचान झल्किने कला संस्कृतिको प्रदर्शनी, सामूहिक नृत्य प्रतियोगिता, खुला कविता प्रतियोगिता, विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भइसकेको उनले जानकारी दिए ।
स्थापना दिवसका अवसरमा जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरूसमेत सम्पन्न भइसकेका छन् । बुधबार रक्तदान र नगरपालिकाभित्र रहेका नागरिकको निःशुल्क स्वाथ्य शिविर पनि आयोजना गरिएको उनले बताए । अधिकांश कार्यक्रमहरू सम्पन्न भनाइसकेको बताउँदै उनले स्थापना दिवसमा विशेष योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान, उत्कृष्ट नृत्यसहितका कार्यक्रम रहेको जनाए ।
कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा स्थानीय बिदासमेत दिएको छ । आकस्मिक सेवाबाहेक सार्वजनिक संस्था, शिक्षण संस्था सबैमा स्थानीय बिदा दिइएको हो । नगरपालिकाले स्थापना दिवसका अवसरमा आफ्नो पोशाक र व्यानरमा ¥यालीमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्