चिनियाँ सञ्चारमाध्यमका अनुसार दाहसंस्कार गरिएका दुई हजार टुक्रा हाडखोर एउटा माटोको बाकसमा फेला परेका हुन् ।
उक्त बाकसमा रहेको शिलालेखमा ती अवशेष बुद्धको रहेको उल्लेख छ ।

उक्त काउन्टीमा दुई सय ६० वटा बुद्धका शालिकहरु बीचमा उक्त बाकस फेला परेको थियो । लोङसिङ मोनास्ट्रिको मन्जुश्री मन्दिरका दुई भिक्षुहरु युनजिआङ र झिमिङले छिमेकी देशहरुबाट २० वर्ष लगाएर ती हाडखोर संकलन गरेका थिए ।

८० वर्षको उमेरमा निधन भएका बुद्धको अस्तु उनका शिष्यहरुबीच बाँडिएको र टाढासम्म फैलाइएको बौद्धमार्गीहरुले बताएका छन् । बाकसमा रहेका दाँत र हाडहरु सहित दुई हजार वटा अवशेष फेला परेका छन् ।

पुरातत्वविद्हरुले दुई सय ६० वटा दुई मिटर अग्ला शालिकहरु भेटेका छन् ।