कोहलपुर (बाँके), जिल्लाको बैजनाथ ३ स्थित नौवस्ता बालसुधार गृहमा बिरामी उपचार कक्ष स्थापना गरिएको छ । बालसुधार गृहमा रहेका बालविज्याइकर्ताहरुलाई लक्षित गरेर बिरामी उपचार कक्ष स्थापना गरिएको हो । प्रारम्भिक बाल विकास केन्द्रद्वारा नौवस्ता बालसुधार गृहमा स्थापना गरिएको कक्षको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच केन्द्रकी अध्यक्ष पुष्पा बस्नेतद्वारा सुधार गृहका प्रमुख श्यामबहादुर रानालाई हस्तान्तरण गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अनुसार बालसुधार गृहलाई सहयोग गरिएको अध्यक्ष बस्नेतले बताइन् । उनका अनुसार केन्द्रले देशभरका बालसुधार गृहहरुमा सहयोग गर्दै आएको छ । सोही अनुसार एक कार्यक्रमका बीच नौवस्ता बालसुधार गृहलाई सहयोग गरिएको उनको भनाइ थियो । उक्त अवसरमा केन्द्रले बिरामी कक्षका लागि आवश्यक ५४ प्रकारका औषधीसमेत प्रदान गरेको छ ।
बालबिज्याइकर्ताहरुका लागि स्वास्थ्यवद्र्धक ११ प्रकारका सामाग्री भएको ११६ थान डिगनिटी किट, १० प्रकारका सामान भएको क्रियापुत्री बाकस र अन्य १४ प्रकारका औषधी सहयोग गरिएको हो । उक्त सामग्री प्रारम्भिक बाल विकास केन्दकी लेखा प्रमुख मञ्जु आचार्यले हस्तान्तरण गरेकी थिइन् ।
नौवस्ता सुधार गृहका प्रमुख श्यामबहादुर रानाले सामग्री सहयोग गर्ने केन्द्रलाई आभार प्रकट गरेका छन् । प्रारम्भिक बाल बिकास केन्द्र काठमाण्डौबाट बालसुधार गृहका लागि खाद्यान्न, बालबिज्याइकर्ताको उपचार लगायत शिक्षा, स्वास्थ्य तथा पोषणका क्षेत्रमा समेत निरन्तर सहयोग पाउँदै आएको रानाले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्