नेपालगन्ज : नेपालगन्जमा बाँके आख्यान महोत्सव सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान गद्य विभागको आयोजनामा सम्पन्न महोत्सवमा आख्यान लेखनका विविध पाटाहरूबारे विमर्श गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका गद्य विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विभिन्न चारवटा विषयमा विमर्श गरिएको थियो ।
जसअन्तर्गत बाँके जिल्लाका निबन्ध विषयमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिए भने बाँके जिल्लाको आख्यान विषयमा ईश्वरी रिजालले प्रवचन दिएका थिए । यसैगरी रैथाने कथाको विषयमा सनत रेग्मी, किरण आचार्य, शेखर दहित र विष्णुलाल कुम्हालले विमर्श गरे । जसको सहजीकरण शुक्रऋषि चौलागाईले गरेका थिए ।
यसैगरी कस्तो कथा लेख्ने भन्ने विषयको बहसमा सनत रेग्मी, धनप्रसाद सुवेदी र अमर न्यौपाने रहेको प्यानललाई कथाकार सुमित्रा न्यौपानेले सहजीकरण गरेकी थिइन् । नेपालगन्ज उपमहानगरपालिकाको सहआयोजना, डुडुवा गाउँपालिकाको सहयोग र सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जको समन्वयमा सम्पन्न कार्यक्रममा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.ईन्द्र भण्डारीले मन्तव्य राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्