उनी केही दिनयता कोहलपुर पार्टी प्यालेसका भित्तामा विभिन्न स्वरूप उतारिरहेका छन् । राराताल, गौतम बुद्धलगायतको चित्र जस्ताको त्यस्तै उनले भित्ता उतारेर कलर समेत भरिसकेका छन् । कोहलपुरमा मात्र नभई उनले देशभर विभिन्न सहर र भित्ताहरूमा थुप्रै आर्ट बनाइसकेका छन् । सुरुवाती दिनहरूमा सिक्दा उनले आफैँले बनाएका आर्ट आफैँलाई मन पर्दैनथे । तर विस्तारै उनले आफ्नो कलामा निखार भर्दै गए । सिक्दै जाँदा सबैले राम्रो प्रतिक्रिया दिएपछि त्यसैलाई व्यावसायिक रूप दिएको उनले बताए ।
गणेश रावत । कोहलपुर ।
कोहलपुर नगरपालिका–१३ का सुशील बिसी आर्ट अर्थात भित्तामा चित्रहरू उतार्ने काम गर्छन् । उनले यसरी आर्ट बानाउन थालेको झन्डै एक दशक भयो । त्यसैलाई बिसीले व्यावसायिक रूपमा विकास गर्दै लगिरहेका छन् । उनको रोजगारी र आयआर्जनको सबै थोक भनेकै यही कला हो ।
पारिवारिक वातावरणका कारण सानैदेखि उनी यो क्षेत्रमा लागेका हुन् । ८ वर्षको उमेरदेखि नै आर्ट क्षेत्रमा लागेको बिसी बताउँछन् । पारिवारिक वातारवण नै आर्ट बनाउने रहेकाले पनि आफूलाई सहज भएको उनको भनाइ छ । परिवारमा दाइले पनि आर्ट बनाउने काम गर्ने गरेकाले आफूलाई सिक्न सहज भएको उनको भनाइ छ । दाइबाटै सिकेर सानै उमेरदेखि कलाक्षेत्रमा लागेका हुन् ।
उनी केही दिनयता कोहलपुर पार्टी प्यालेसका भित्तामा विभिन्न स्वरूप उतारिरहेका छन् । राराताल, गौतम बुद्धलगायतको चित्र जस्ताको त्यस्तै उनले भित्ता उतारेर कलर समेत भरिसकेका छन् ।
कोहलपुरमा मात्र नभई उनले देशभर विभिन्न सहर र भित्ताहरूमा थुप्रै आर्ट बनाइसकेका छन् । सुरुवाती दिनहरूमा सिक्दा उनले आफैँले बनाएका आर्ट आफैँलाई मन पर्दैनथे । तर विस्तारै उनले आफ्नो कलामा निखार भर्दै गए । सिक्दै जाँदा सबैले राम्रो प्रतिक्रिया दिएपछि त्यसैलाई व्यावसायिक रूप दिएको उनले बताए ।
अहिले पनि नेपालमा कलाको विकास र महत्व बुझ्न नसकिएको उनको बुझाइ छ । पछिल्ला केही वर्षमा नेपालमा पनि कला क्षेत्रको विकास भए पनि अझै धेरै विकास आवश्यक भएको उनले बताए । ‘अहिले पनि निःशुल्क रूपमा चित्र बनाइदेउ भन्ने धेरै छन्,’ उनले भने, ‘दिए पनि एक÷दुई सय दिएर झारा टार्ने गर्छन् ।’
‘ल्यान्डस्केप, पोट्रेटदेखि विभिन्न किसिमका पेन्टिङका काम गर्ने गरेको छु । चित्रले मागेअनुसारको फिनिसिङ दिन सके आर्ट क्षेत्रमा राम्रो रहेको छ,’ उनले भने । आर्ट लाइनमा स्कोप राम्रो रहेको उनले बताए । स्क्वायरफिट अनुसार पैसा लिने गरेको उनले जानकारी दिए ।
दाइबाट प्रेरित भएर आर्ट क्षेत्रमा लागेका उनी त्यसैबाट स्वदेशमा सपना बुनिरहेका छन् । विदेशभन्दा स्वदेशमै सीप बेचेर आम्दानी राम्रो भइरहेको उनले बताए । पेन्टिङको माहोल राम्रो नरहे पनि विस्तारै विकास हुँदै जाने उनको विश्वास छ ।
उनी अहिले मागअनुसार विभिन्न जिल्लाहरूमा पुग्ने गरेका छन् । कर्णाली, सुदूरपश्चिम, लुम्बिनीलगायत प्रदेशका विभिन्न जिल्लामा पुगेर चित्रहरू बनाउने गरेको उनले सुनाए । कतिपय अडरअनुसार चित्रहरू बनाएर विदेशसमेत पठाउने गरेको उनले दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्